https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

चन्दन कूमार महतो
राैतहट, फाल्गुन १५ गते ।
इस्लामिक रिलिफ क्यानाडाको आर्थिक सहयोग, इस्लामिक रिलिफ नेपालको प्राविधिक सहयोग तथा ग्रामिण विकास केन्द्र नेपाल (RDC) र राजपुर नगरपालिकाको समन्वयमा पहिलो पटक पालिका स्तरीय किशोरी क्रिकेट प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगिता राजपुर नगरपालिकाको हाइ स्कुलको खेल मैदानमा सम्पन्न भएको थियो ।

फाइनल खेलमा राजपुर नगरपालिका–५ को टिमले ९८ रन बनाउँदै २ विकेटको क्षतिमा ९९ रनको लक्ष्य दिएको थियो। उक्त लक्ष्यलाई पछ्याउँदै राजपुर नगरपालिका वडा नं २ को टिम दशौ ओभरमा आफ्नो पुरा बिकेट गुमाई मात्र ३२ रन बनाउन सफल भयो, जसका कारण राजपुर नगरपालिका वडा नं ५, ६६ रनको अन्तरले शानदार जित हासिल गर्दै उपाधि आफ्नो नाम गर्न सफल भयो ।

यस प्रतियोगितामा राजपुर नगरपालिका-१ देखि ९ वडासम्मका टोली सहभागी थिए । प्रतियोगिताको उद्घाटन वडा नं. ५ का वडा अध्यक्ष कृष्णन्दन रामको अध्यक्षतामा भएको थियो । फाइनल खेलमा प्रमुख अतिथि राजपुर नगरपालिकाका नगर प्रमुख डा. राजिक आलम रहेका थिए। उनले प्रतियोगिताको समापन समारोहमा बोल्दै खेलकुदको महत्वबारे प्रकाश पार्दै आगामी दिनमा यस्ता प्रतियोगिताहरूलाई निरन्तरता दिने प्रतिबद्धता जनाएल ।

प्रतियोगितामा ग्रामिण विकास केन्द्र नेपाल (RDC) का अध्यक्ष पारस राही, ममता झा, इस्लामिक रिलिफ क्यानाडाका प्रतिनिधि, कर्मचारी, पत्रकार, खेलाडी, अभिभावक, शिक्षक लगायतका व्यक्तिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

यस प्रतियोगिताले राजपुर नगरपालिकाका किशोरीहरूलाई खेलकुदमा सहभागी गराउँदै उनीहरूलाई आत्मनिर्भर र सक्षम बनाउने उद्देश्य लिएको आयोजक समितिले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार