
पवन प्रसाद साह
बिरगंज, फाल्गुन १५ गते ।
बारा जिल्लाकाे परवानिपुर गाउँपालिका वार्ड नं ४ चैनपुरमा सिलाई कटाई तथा साबुन सरफ बनाउने तालिम आज बिहिबार देखि सञ्चालन भएको छ ।
परवानिपुर गाउँपालिकाको सहयोगमा तथा रुलर एग्रो कन्सल्टेन्सी र युथ स्किलस एण्ड सोस्ल डेभलपमेन्ट प्रा.लि पर्साको आयोजनामा सिलाई कटाई तथा साबुन सरफ बनाउने तालिमको उद्घाटन परवानिपुर गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष गम्भिरा पटेलले आज एक कार्यक्रम उद्घाटन गरेका हुन्न।
सिलाई कटाई तथा साबुन सरफ बनाउने तालिमको उद्घाटन गर्दै वडा अध्यक्ष गम्भिरा पटेलले तालिमको महतव बारे प्रकाश पार्दै महिलाहरुको क्षमता बिकास गरि उनिहरुको आय स्तर बृद्धि हुने तालिमको उदेश्य रहेको बताए एंव सामाजमा प्राविधिक क्षमताको बिकास बाट रोजगारीको सृजना हुने यस तालिमको लक्ष्य रहको बताए ।
त्सतै परवानिपुर गाउँपालिका वार्ड नं ४ का वार्ड सदस्य लालमुनि देवी,शुसिला देवी रामले यो तालिमबाट महिलाहरूमा क्षमता बिकासको साथ साथै आत्म बल बढने कुरामा जोड दिए ।
तालिम उद्घाटन कार्यक्रमम परवानिपुर गाउँपालिका वार्ड नं ४ का वार्ड अध्यक्ष गम्भिरा पटेलको प्रमुख अतिथिमा भएको कार्यक्रममा वडा सदस्य लालमुनि देवी,शुसिला देवी तथा आयोजक संस्थाका प्रतिनिधिहरु लगायतका व्यक्तिहरूको उपस्थिति रहेको थियो ।


