
पवन प्रसाद साह
बिरगंज, फाल्गुन १५ गते ।
‘महिलाहरुको लागि आयमुलक तालिम कार्यक्रम ‘नाराका साथ परवानिपुर गाउँपालिका वार्ड नं ५ नौतनमा व्युटि पार्लर तालिम आज बिहिबार देखि सुरु भएको छ ।
परवानिपुर गाउँपालिकाको सहयोगमा र सोसल स्किलस प्रा.लि परवानिपुर- २ बाराको आयोजनामा एक महिने निःशुल्क व्युटि पार्लर तालिम परवानिपुर गाउँपालिका वार्ड नं ५ नौतनमा सुरु गरिएको हो ।

तालिमको उद्घाटन गर्दै प्रमुख अतिथि परवानिपुर गाउँपालिका कि उप प्रमुख सुगान्धी देबी कनुइनले तालिमलाई सहि रुपमा उपयोग गर्न सके महिलाहरु आत्मनिर्भर बन्न तालिम महत्वपूर्ण सावित हुने बताइन । बेरोजगारीको समस्याले एक व्यक्तिको आय आर्जन बाट घरपरिवार चलाउन कठिनाइ हुने भएकोले महिलाहरु आत्मनिर्भर भए थप आय स्रोतको बृद्धि हुने भएकौले व्युटी पार्लर तालिम महिलाहरुको लागि उपयोगी हुने बताइन ।
उद्घाटन कार्यक्रम परवानिपुर गाउँपालिका कि उप प्रमुख सुगन्धी देबी कनुइन कि प्रमुख अतिथिमा भएको कार्यक्रममा परवानिपुर गाउपालिका न्यायिक समितिका राम कुमार तथा सोसल स्किलस प्रा.लिका प्रतिनिधि लगायतका व्यक्तिहरूको उपस्थित रहेको थियो ।
