https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

पवन प्रसाद साह
बिरगंज, फाल्गुन १५ गते ।
पर्सा जिल्लाको सखुवा प्रसौनी गाउँपालिका वार्ड नं ५ महुवन स्वास्थ्य चौकीमा निःशुल्क आँखा जाँच तथा मोतियाबिन्दकाे  शल्यक्रिया शिविर सम्पन्न भएको छ । स्थानीय बासिन्दाको स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै आयोजित शिविरमा ठूलो संख्यामा सेवाग्राही उपस्थित भएका थिए ।

सखुवा प्रसौनी गाउँपालिका अध्यक्ष जिवन रक्षा अभियान अन्तर्गत शिविरमा २०६ जनाले निःशुल्क आँखा परीक्षण गराएका थिए, जसमा ६१ जनामा मोतियाबिन्दु देखिएको छ । ती बिरामीहरूलाई आवश्यक परामर्श तथा थप उपचारका लागि प्रक्रिया अघि बढाइएको छ । शिविर किरण आँखा अस्पताल, वीरगञ्जको प्राविधिक सहयोगमा सञ्चालन गरिएको शिबिरमा दक्ष विशेषज्ञहरू मार्फत परीक्षण तथा परामर्श सेवा प्रदान गरिएको थियो ।

स्वास्थ्य सेवाको पहुँच बढाउने उद्देश्यले आयोजना गरिएको उक्त शिविरमा विभिन्न उमेर समूहका मानिसहरू सहभागी भएका थिए । वृद्धवृद्धाहरू विशेष रूपमा लाभान्वित भएका छन्, जसले लामो समयदेखि आँखा समस्या झेलिरहेका थिए । शिविरमा विशेषज्ञ चिकित्सकहरूले आँखाको जाँचसँगै आवश्यक औषधि तथा परामर्श सेवा पनि निःशुल्क प्रदान गरेका थिए ।

शिविरमा सखुवा प्रसौनी गाउँपालिका वडा नं ५ का वडा अध्यक्ष अशेश्वर प्रसाद यादव, गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख राजेश प्रसाद रौनियार, महुवन स्वास्थ्य चौकीका इन्चार्ज सरोज गिरि, समाजसेवी चन्दन सहनी निषाद, जदु शाह तेली लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार