
पवन प्रसाद साह
बिरगंज, फाल्गुन १६ गते ।
पूर्व श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर विक्रम शाहदेवद्वारा देश र देशबासीका नाममा दिइएको सन्देशको स्वागत गर्दै विभिन्न राष्ट्रवादी समूहहरूको संयुक्त आयोजनामा वीरगञ्जमा राजावादीहरूले प्रदर्शन गरेका छन्।
नेपाल राष्ट्रबाद संघ, नेपाल विद्वत परिषद, शिव सेना नेपाल, देशभक्त राजभक्त, वीर गोर्खाली, राष्ट्रवादी नागरिक समाज, राष्ट्रिय संघर्ष समिति, राष्ट्रवादी शान्ति समूह, तथा विश्व हिन्दु महासंघको संयुक्त आयोजनामा भएको सो र्याली वीरगञ्जको घण्टाघर चोकबाट सुरु भई माइथान, अलखियामठ, घडिर्वा पोखरी हुँदै पुनः घण्टाघर चोकमा कोणसभामा परिणत भएको थियो।
र्यालीमा सहभागीहरूले “हाम्रो राजा हाम्रो देश, प्राणभन्दा प्यारो छ,” “राजा आउ, देश बचाउ,” “हिन्दू राष्ट्र कायम गर,” “संघीयता खारेज गर,” “धर्मनिरपेक्षता खारेज गर” लगायतका नाराबाजी गरेका थिए।

कोणसभामा नेपाल राष्ट्रबाद संघका केन्द्रीय अध्यक्ष जनकलाल शाहले वर्तमान गणतान्त्रिक प्रणालीलाई असफल भन्दै देशको समृद्धि मात्र राजसंस्थाले सुनिश्चित गर्न सक्ने दाबी गरे। विश्व हिन्दु महासंघका पृथ्वी झाले देशमा लोकतन्त्र नभई लुटतन्त्र रहेको आरोप लगाउँदै राजसंस्थाको पुनःस्थापनाको आवश्यकता औंल्याए।
र्यालीमा रामनारायण साह, सतार अंसारी, पृथ्वी झा, अनु राणा, बिरेन्द्र थापा, दिपेन्द्र रौनियार, संगिता देवी साह, उमाशंकर प्रसाद, राजेन्द्र पाल, बजरंगी, विष्णु कुमार दास, सन्तोष गुप्ता, मदन ठाकुर, राजेश यादव, बिरेन्द्र साह तेली, इदा मिया, राधाकृष्ण चौहान, प्रेम सर्राफ, धुरेन्दर पटेल, पवन प्रसाद साह, चुलाइ मिया चिरिहार लगायतको सहभागिता रहेको थियो।