https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

पवन प्रसाद साह
बिरगंज, फागुन १६ गते ।

पोखरिया नगरपालिकामा लामो समयदेखि उठ्दै आएको माग अनुसार मालपोत तथा नापी कार्यालयको सेवा केन्द्र सञ्चालनमा आएको छ । बिहीबार आयोजित एक समारोहमा भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री बलराम अधिकारीले सेवा केन्द्रको उद्घाटन गरे ।

उद्घाटन कार्यक्रममा पोखरिया नगरपालिकाका मेयर प्रद्युम्न प्रसाद चौहानले अतिथिहरूलाई स्वागत गर्दै नगरपालिकाको तर्फबाट मायाको चिन्ह प्रदान गरेका थिए । यस सेवाकेन्द्र सञ्चालनपछि पोखरिया नगरपालिका सहित धोबिनी, विन्ध्यवासिनी, छिपहरमाई, कालिकामाई, जगरनाथपुर र पकाहामैनपुर गाउँपालिकाका नागरिकहरूले प्रत्यक्ष रूपमा सेवा प्राप्त गर्न सक्ने भएका छन् ।

वीरगञ्ज धाउनुपर्ने झन्झट हट्यो

मन्त्री अधिकारीले सेवा केन्द्र स्थापनापछि सातवटा पालिकाका जनतालाई अब मालपोत तथा नापीका कामका लागि वीरगञ्ज धाउनुपर्ने झन्झटबाट मुक्त हुने बताए । यसले नागरिकको समय र पैसाको बचत हुने उनको भनाइ थियो । साथै, उनले कार्यालयकै नाममा जग्गा उपलब्ध गराउन आग्रह गर्दै भूमिहीनहरूको हकमा रहेका जग्गा नामसारीका लागि विधेयक संसद्मा पेश भइसकेको जानकारी दिए ।

संघीय मामिला मन्त्री गुप्ताको प्रतिबद्धता

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले चुनावताका पोखरियामा नापी तथा मालपोत कार्यालय स्थापना गर्ने प्रतिबद्धता गरेकाे र त्यसलाई पूरा गरेको बताए । उनले पोखरिया नगरपालिकामा सडक तथा विद्यालय निर्माणका लागि ३५ करोडको योजना ल्याइसकेको र थप ५० करोडको योजना आउने जानकारी गराए ।

गठबन्धन नटुट्ने मन्त्री चौरसियाको दाबी

कानून, न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरसियाले सेवा केन्द्र स्थापनाबाट पायक पर्ने पालिकालाई यहीँबाट सेवा दिइने र अपायक परेकाहरूलाई वीरगञ्जबाट सेवा दिन सकिने सुझाव दिए । साथै, उनले हालको सरकार विशेष परिस्थितिमा गठन भएको र गठबन्धन नटुट्ने दाबी गर्दै सरकार ढल्ने हल्लामा सत्यता नरहेको बताए ।

कार्यक्रममा उच्चस्तरीय उपस्थिति

कार्यक्रममा मधेस प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री जनार्दन सिंह क्षेत्री, युवा, खेलकुद तथा समाज कल्याण मन्त्री प्रमोद जयसवाल, प्रदेशसभा सदस्य श्याम पटेल, वीणा शर्मा, पूर्वसांसद विचारी यादव, पूर्वमन्त्री सुरेन्द्रप्रसाद चौधरी, पूर्व प्रदेशसभा सदस्य प्रह्लाद गिरी, भूमि व्यवस्था विभागका महानिर्देशक शिवप्रसाद रेग्मी, प्रमुख जिल्ला अधिकारी गणेश अर्याल लगायतको उपस्थिति थियो ।

जनतालाई राहतको अनुभव

पोखरिया नगरपालिकाका प्रमुख प्रद्युम्न चौहानले उद्घाटन समारोहमा प्रतिक्रिया दिँदै भने, “अब सातवटा पालिकाका जनताले आफ्नै क्षेत्रबाट सेवा पाउने भएकाले वीरगञ्ज धाउनु पर्ने बाध्यता हटेको छ ।” स्थानीयबासीहरूले पनि यो सेवाले लामो समयदेखि भोग्दै आएको समस्या समाधान हुनेमा आशा व्यक्त गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार