https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

जनकपुरधाम, फाल्गुन १६ गते 

मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले महोत्तरीको बर्दिवासस्थित विभिन्न अस्पतालहरूको अनुगमन गर्दै पाँचवटा अस्पताललाई तत्काल बन्द गर्न निर्देशन दिएका छन्। अनियमित रूपमा सञ्चालित अस्पतालहरू कानुनी प्रक्रिया पूरा नगरी सेवा दिइरहेको पाइएको थियो।

शुक्रबार मुख्यमन्त्री सिंहले बर्दिवासका आठवटा अस्पतालको अनुगमन गरेका थिए। तीमध्ये पिनाकल हस्पिटल, सुरक्षा अर्थोपेडिक एन्ड डेन्टल क्लिनिक प्रालि, ऊँ समाज डेन्टल क्लिनिक, खर्गा डेन्टल केयर सेन्टर र खोमुसरा डेन्टल क्लिनिक प्रालि बिना अनुमति सञ्चालनमा रहेको पाइएकाले तुरुन्त बन्द गर्न निर्देशन दिइएको हो। मुख्यमन्त्री सिंहका प्रेस सल्लाहकार अनिलकुमार कर्णका अनुसार ती अस्पताललाई आवश्यक मापदण्ड पूरा गरेर मात्र पुनः सञ्चालन गर्न सूचित गरिएको छ।

केही अस्पताललाई सुधारका लागि निर्देशन

अनुगमनका क्रममा महेन्द्र डेन्टल क्लिनिक प्रालिले सेवा सञ्चालन अनुमति लिएको पाइए पनि जनसेवा हस्पिटल प्रालि र डी.एन.बी मेडिकेयर सेन्टर प्रालिलाई नवीकरण गराउन निर्देशन दिइएको छ।

मुख्यमन्त्री सिंहले स्वास्थ्य क्षेत्रमा भइरहेको लापरवाही र अव्यवस्थित सेवाका कारण जनस्वास्थ्य जोखिममा पर्ने भएकाले अनुगमनलाई तीव्रता दिइएको बताए। उनले स्वास्थ्य मापदण्डअनुसार भौतिक पूर्वाधार, उपकरण र दक्ष जनशक्ति बिना अस्पताल सञ्चालन गर्न नपाइने स्पष्ट पारे।

सरकारले स्वास्थ्य क्षेत्र सुधारका लागि आवश्यक कदम चाल्ने प्रतिबद्धता जनाउँदै मुख्यमन्त्री सिंहले प्रदेशभर अवैध रूपमा सञ्चालित अस्पतालहरू पहिचान गरी कारबाही गर्ने चेतावनी पनि दिए।

प्रतिक्रिया

सम्बन्धित समाचार