https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

गाैशाला, फागुन १७ गते ।
महोत्तरी जिल्लाको मटिहानी नगरपालिकाले मिथिला माध्यमिकी परिक्रमा अन्तर्गत परिक्रमा यात्रीहरूको स्वागतका लागि एक दिने स्थानीय बिदा घोषणा गरेको छ । परिक्रमाको चौथो दिन आइतबार मटिहानीमा परिक्रमा टोली विश्राम गर्ने भएकाले नगरपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

नगरप्रमुख हरिप्रसाद मण्डलले शनिबार एक सूचना जारी गर्दै धार्मिक तथा सांस्कृतिक महत्त्वलाई मध्यनजर गर्दै बिदा दिने घोषणा गरेका हुन् । मिथिला माध्यमिकी परिक्रमा प्रत्येक वर्ष फागुन शुक्ल प्रतिपदाबाट सुरु हुने १५ दिने धार्मिक यात्रा हो, जसमा हजारौं श्रद्धालु भक्तजन सहभागी हुन्छन् ।

परिक्रमा मार्ग र मटिहानीको भूमिका

धार्मिक परम्पराअनुसार, धनुषाको ठेरा कचुरीबाट डोलासहित परिक्रमा यात्रीहरू हनुमानगढी प्रस्थानपछि परिक्रमा यात्रा आरम्भ भएको मानिन्छ । त्यसपछि यो टोली कल्याणेश्वर हुँदै शनिबार फुलहर पुगेको थियो। चौथो दिन आइतबार मटिहानी नगरमा विश्राम गर्ने कार्यक्रम रहेको छ ।

मटिहानी नगरपालिकाले परिक्रमा यात्रीहरूको स्वागतमा विभिन्न धार्मिक तथा सांस्कृतिक कार्यक्रमको आयोजना समेत गर्ने तयारी गरेको छ । नगरवासी तथा स्थानीय धार्मिक संघ–संस्थाले परिक्रमा टोलीलाई आतिथ्य प्रदान गर्ने व्यवस्था मिलाएका छन् ।

यात्रा मार्ग र समापन

मटिहानीबाट अघि बढ्दै परिक्रमा टोली जलेश्वर, मडई, ध्रुवकुण्ड, कञ्चनवन, क्षीरेश्वरनाथ (पर्वत्ता), धनुषाधाम, सतोषर (मिथिलेश्वरनाथ), औरही, करुणा, बिसौल हुँदै पुनः कल्याणेश्वर फर्कनेछ। परिक्रमाको समापन फागुन पूर्णिमाका दिन जनकपुरको पाँचकोशे अन्तर्गृह परिक्रमा गरी सम्पन्न हुनेछ ।

नगरपालिकाले जारी गरेको सूचनामा परिक्रमाको धार्मिक र सांस्कृतिक महत्त्वलाई हाइलाइट गर्दै नगरवासीहरूलाई श्रद्धालु भक्तजनको स्वागतमा सहभागी हुन आग्रह गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार