https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

गाैशाला, फागुन १८ गते ।
महोत्तरीको भंगहा नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत नहुँदा प्रशासनिक कामकाज ठप्प भएको छ । संघीय सरकारले आवश्यक अधिकृत नपठाएको भन्दै नगरप्रमुख संजिवकुमार साहले नगर कार्यपालिकासहित सबै वडा कार्यालयमा तालाबन्दी गरेका छन् । उनले नगरपालिकाका सम्पूर्ण कार्यालय बन्द गरी साँचो प्रमुख जिल्ला अधिकारी (सीडीओ) लालबाबु कवारीलाई बुझाएका छन् ।

डेढ महिनादेखि प्रशासनिक संकट

नगरप्रमुख साहका अनुसार करिब डेढ महिनादेखि नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत नियुक्त नहुँदा सामान्य प्रशासनिक सेवा समेत प्रभावित भएको छ । उनले संघीय सरकारसँग बारम्बार अधिकृत पठाउन अनुरोध गरे पनि कुनै सुनुवाइ नभएको गुनासो गरे । “हामीले पटक–पटक मन्त्रालयलाई जानकारी गरायौं, मन्त्री र सचिवलाई भेटेर समेत अधिकृत पठाइदिन आग्रह गर्‍यौं, तर अहिलेसम्म बेवास्ता गरियो,” नगरप्रमुख साहले भने ।

प्रशासकीय अधिकृत नहुँदा विकास निर्माण, सार्वजनिक खरिद प्रक्रिया (टेण्डर), स्थानीय सेवा प्रवाह, मेला-महोत्सव आयोजना, सामाजिक सुरक्षा योजनाहरूको कार्यान्वयन, उपचार छूट सिफारिस जस्ता महत्वपूर्ण काम रोकिएको छ । नगरप्रमुखका अनुसार, संघीय सरकारले स्थानीय तह सञ्चालनका लागि सहजीकरण नगर्दा नागरिक सेवामा ठूलो असर परेको छ ।

निमित्त अधिकृत तोकिए पनि समाधान भएन

नगरपालिकाले केही समयका लागि वरिष्ठताको आधारमा एक कर्मचारीलाई निमित्त प्रमुख प्रशासकीय अधिकृत तोकेको थियो । तर, चार दिनभित्र उपसचिवस्तरको अधिकृत हाजिर गराइने आश्वासन दिइए पनि १५ दिन बितिसक्दा पनि कोही नआएको नगरप्रमुख साह बताउँछन् ।

“जब नगरपालिकामा कामकाज नै ठप्प छ, कर्मचारीहरू हाजिर गरेर पनि के गर्नु? सेवाग्राही निराश भएर फर्कनुपरेको अवस्था छ,” उनले भने । यही कारण बाध्य भएर नगरपालिकाका सबै कार्यालय बन्द गरी आधिकारिक साँचो प्रमुख जिल्ला अधिकारीलाई बुझाइएको उनको भनाइ छ ।

यस विषयमा महोत्तरीका प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीले आफूले यो समस्या सम्बन्धित मन्त्रालयहरूसम्म पु¥याइसकेको बताए । “नगरपालिकाको समस्या गम्भीर छ, हामीले गृह मन्त्रालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई जानकारी गराइसकेका छौं । आशा छ, छिट्टै समाधान निस्किन्छ,” उनले भने ।

नगरप्रमुख साहले यदि तत्काल प्रमुख प्रशासकीय अधिकृतको व्यवस्था नभए, नगरपालिकाका सम्पूर्ण कामकाज अनिश्चितकालका लागि बन्द राख्ने चेतावनी दिएका छन्। संघीय सरकारको ढिलासुस्तीले स्थानीय तहको सेवा प्रवाह अवरुद्ध हुँदा नागरिकहरूले सास्ती खेप्नुपरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार