https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

अजय मिश्रा
कपिलवस्तु, फाल्गुन १९ गते ।
सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म कृष्णनगरबाट मिति २०८१/११/१९ गते जिल्ला कपिलवस्तु, कृष्णनगर नगरपालिका-२ ब्यारियरस्थित चेकपोस्टमा विशेष सूचनाको आधारमा चेकजाँच गर्दा कृष्णनगरदेखि चन्द्रौटा जाँदै गरेको यात्रुबाहक बसको सिटमुनि फल्स बक्स बनाई लुकाइछिपाई ल्याउँदै गरेका विभिन्न लत्ता कपडा तथा किराना सामानहरू बरामद गरिएको छ।

बरामद गरिएका सामानहरूमा साडी, लेडिज सुट, कुर्ता सुरुवाल, लेडिज अन्डरवियर, लेडिज वन पिस, चिसो पेय पदार्थ, ड्राइ फ्रुट्स (काजु, बदाम, पिस्ता, खजुर) आदि रहेका छन्। यी सामानहरूको अनुमानित बजार मूल्य एक लाख पाँच सय रुपैयाँ बराबर रहेको छ। बरामद सामानलाई कानूनी प्रक्रिया पूरा गरी कृष्णनगर भन्सार कार्यालयमा बुझाइएको छ।

त्यस्तै, प्रस्तावित सीमा सुरक्षा गुल्म कृष्णनगर मातहत बिओपी भिल्मीबाट सशस्त्र प्रहरी नायब निरीक्षक बोम बहादुर सारु नेतृत्वको गस्ती टोलीले जिल्ला कपिलवस्तु, महाराजगंज नगरपालिका-७, सतभरा इलाकामा भारतबाट अवैध रूपमा नेपालतर्फ ल्याइँदै गरेको विभिन्न किराना सामान बरामद गरेको छ।

बरामद गरिएको सामानमा गुल, बिडी, सुर्ती, काजु, बदाम आदि रहेका छन्, जसको अनुमानित मूल्य बत्तीस हजार दुई सय एकहक्तर रुपैयाँ रहेको छ। बरामद सामग्रीलाई आवश्यक कानुनी कारबाहीका लागि कृष्णनगर भन्सार कार्यालयमा बुझाइएको छ।

त्यस्तै, प्रस्तावित सीमा सुरक्षा गुल्म कृष्णनगर मातहत बिओपी बिजयनगर, कपिलवस्तुबाट सशस्त्र प्रहरी निरीक्षक देवेन्द्र बुढाथोकी नेतृत्वको गस्ती टोलीले जिल्ला कपिलवस्तु, बिजयनगर गाउँपालिका-२, लोहरौला क्षेत्रमा भारतबाट अवैध रूपमा ल्याइँदै गरेको १५० के.जि. ब्रोइलर कुखुरा बरामद गरेको छ।

पशु क्वारेन्टाइन तथा स्थानीय जनप्रतिनिधिको रोहबरमा कुखुरा नष्ट गरिएको छ। साथै, उक्त तस्करीमा प्रयोग भएको मोटरसाइकल आवश्यक कारबाहीका लागि कृष्णनगर भन्सार कार्यालयमा बुझाइएको छ।

यसरी, प्रस्तावित सीमा सुरक्षा गुल्म कृष्णनगर अन्तर्गतका विभिन्न बिओपीहरूले कूल रु. दुई लाख बत्तीस हजार सात सय एकहत्तर रुपैयाँ बराबरको अवैध सामान तथा यातायातका साधन नियन्त्रणमा लिएर कृष्णनगर भन्सार कार्यालयमा बुझाएका छन्।

सशस्त्र प्रहरी बल, नेपालले सीमा क्षेत्रमा अवैध तस्करी रोक्न कडा गस्ती जारी राखेको छ। पक्राउ परेका सामानहरू आवश्यक कानुनी प्रक्रिया पूरा गरी सम्बन्धित कार्यालयमा बुझाइएका छन् र दोषीहरूमाथि कानूनी कारबाही प्रक्रिया अगाडि बढाइएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार