https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

गाैशाला, फाल्गुन १९ गते ।
नेपाल मणिपाल एजुकेसन एन्ड मेडिकल ग्रुपले जलेश्वरमा आफ्ना पूर्वाधार निर्माणको काम पुनः अघि बढाएको छ। सोमबार आयोजित कार्यक्रममा स्टाफ भवन, मुख्यद्वार र गार्ड भवनको संयुक्त रूपमा शिलान्यास गरिएको छ।

जलेश्वर नगरपालिकाका नगरप्रमुख सुरेश साह सोनार र नेपाल मणिपाल एजुकेसन एन्ड मेडिकल ग्रुपका योजना प्रमुख सञ्जय गुप्ताले संयुक्त रूपमा पूजापाठ गरी निर्माण कार्यको शुभारम्भ गरेका हुन् । योजना प्रमुख गुप्ताका अनुसार यी संरचनाहरू तीन महिनाभित्र निर्माण सम्पन्न हुनेछ ।

मेडिकल कलेज स्थापनाबारे जिज्ञासामा उनले प्राथमिक चरणमा ३०० शय्याको अस्पताल प्रस्तावित रहेको र हाल नक्सा स्वीकृत गर्ने प्रक्रिया अघि बढिरहेको जानकारी दिए । नगरप्रमुख साहले नगरपालिकाले मेडिकल कलेज स्थापनाका लागि निरन्तर दबाब दिइरहेको बताए ।

जलेश्वर उद्योग वाणिज्य संघका अध्यक्ष शिवचन्द्र चौधरीले यसपटक मणिपालको गतिविधिमाथि कडाइका साथ निगरानी राख्ने प्रतिबद्धता व्यक्त गरे । उनले पूर्वतयारीअनुसार संरचनाहरूको निर्माण कार्य सुरु हुनु सकारात्मक संकेत भएको उल्लेख गरे ।

वर्षौंअघि कम मूल्यमा ३५ बिघाभन्दा बढी जग्गा खरिद गरेको मणिपालले लामो समयदेखि कुनै ठोस कदम नचालेको भन्दै स्थानीयवासी असन्तुष्ट थिए । तर पछिल्लो समय पुनः सक्रियता देखिनु र प्रारम्भिक पूर्वाधार निर्माण कार्य थालिनु आशाजनक भएको स्थानीयको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार