https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

पवन प्रसाद साह
बिरगंज, फाल्गुन २० गते ।
ठाकुर राम बहुमुखी क्याम्पस, बिरगंजमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको सरगर्मी बढ्दै गएको छ। त्रिभुवन विश्वविद्यालयले आगामी चैत ५ गते स्ववियु निर्वाचनको मिति घोषणा गरेसँगै विद्यार्थी नेताहरू आ-आफ्नो तयारीमा जुटेका छन्। यसै सन्दर्भमा, बिबिएस तेस्रो वर्षमा अध्ययनरत राजु गुप्ताको लोकप्रियता उल्लेखनीय रूपमा बढिरहेको छ।

राजु गुप्ता विद्यार्थीहरू माझ मिलनसार व्यक्तित्वका रूपमा परिचित छन् र उनले यसपालिको निर्वाचनमा सभापति पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्। उनका अनुसार, स्ववियु निर्वाचन कुनै पनि हालतमा यस वर्ष ठाकुर राम क्याम्पसमा हुनुपर्छ। विगतमा आपसी द्वन्द्वका कारण क्याम्पसमा निर्वाचन स्थगित हुँदै आएकोमा उनले यसलाई विद्यार्थीहरूको लागि दुःखद भएको बताएका छन्।

उनले भने, “स्ववियु निर्वाचन विद्यार्थीहरूको हकहितका लागि हो। विद्यार्थीहरूको ठूलो त्याग र तपस्याबाट स्थापित यो प्रणाली केही सीमित व्यक्तिको खराब मनसायका कारण लामो समयदेखि ठाकुर राम क्याम्पसमा सञ्चालन हुन सकेको छैन। विद्यार्थी नेतृत्व र स्ववियु निर्वाचन भनेको भोलिको देशको नेतृत्व उत्पादन गर्ने थलो हो। यस हिसाबले पनि यो निर्वाचन यस पटक अनिवार्य रूपमा सम्पन्न हुनुपर्छ।”

राजु गुप्ताले आफू संग भारी संख्यामा विद्यार्थीहरूको समर्थन रहेको भन्दै सभापति पदमा उम्मेदवारी दिएर विजयी हुने विश्वास व्यक्त गरेका छन्। साथै, उनले विद्यार्थीहरूको हकहितका लागि सधैं लड्न तयार रहेको बताएका छन्। क्याम्पसमा प्राध्यापक तथा शिक्षकहरूको निजी क्याम्पसप्रतिको झुकाव, पठनपाठनमा ध्यान नदिनु, कर्मचारीहरूको अभाव तथा लापरवाहीका कारण क्याम्पसको शैक्षिक स्तर ओरालो लागेको भन्दै उनले यस्ता गतिविधि रोक्न आफू सधैं तत्पर रहने बताएका छन्।

आफू निर्वाचित भएपछि विद्यार्थीहरूको हक-अधिकारका लागि आवाज उठाउने, ठाकुर राम बहुमुखी क्याम्पसमा शैक्षिक सुधारका कार्यक्रमहरू सञ्चालन गर्ने, र क्याम्पस प्रशासनसँग समन्वय गरी सुधारका प्रयासहरू अघि बढाउने उनले बताएका छन्।

“विद्यार्थीहरूको समस्या समाधान गर्न, शैक्षिक वातावरण सुधार गर्न र स्ववियुलाई सक्रिय तथा जिम्मेवार बनाउन म उम्मेदवार बनेको हुँ। मलाई साथ र समर्थन दिनुहोस्, म विद्यार्थीहरूको हकहितका लागि सधैं लड्नेछु।” – राजु गुप्ता

ठाकुर राम क्याम्पसमा लामो समयदेखि स्ववियु निर्वाचन हुन नसकेको अवस्थामा यसपटकको निर्वाचनले विद्यार्थीहरूको हकहित संरक्षण तथा क्याम्पसको शैक्षिक सुधारमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार