https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

गाैशाला, फाल्गुन १९ गते ।
महोत्तरीको सम्सी गाउँपालिका वडा नं. ६ का अध्यक्ष श्री शेष उमैद र सम्सी गाउँपालिका वडा नं. २ का अध्यक्ष शेष अंजारेकाे उपस्थितिमा क्रिकेट टूर्नामेन्टको उद्घाटन कार्यक्रम सम्पन्न भएको छ ।

वडा नं. २ काे युवाहरूको आयोजनामा क्रिकेट प्रतियोगिताको उद्घाटन कार्यक्रममा वडा नं. २ का अध्यक्ष शेष अंजारे, जसपा नेपालका वडा नं. ३ का प्रत्यासी उमेदवार गुलामे मुस्तागन, स्थानीय नेता, समाजसेवी तथा युवाहरूको उपस्थिति रहेको थियो।

उद्घाटन समारोहमा बोल्दै वडा अध्यक्ष शेष उमैदले खेलकुदले युवाहरूलाई अनुशासन, एकता र स्वस्थ जीवनशैलीतर्फ प्रेरित गर्ने बताए। उनले स्थानीयस्तरमा यस्ता प्रतियोगिताहरूले खेल प्रतिभा पहिचान गर्न र प्रोत्साहित गर्न महत्वपूर्ण भूमिका खेल्ने बताए।

त्यसैगरी, जसपा नेपालका प्रत्यासी उमेदवार गुलामे मुस्तागनले खेल क्षेत्रको विकासमा निरन्तर साथ र सहयोग रहने प्रतिबद्धता व्यक्त गरे।

स्थानीय खेलप्रेमी तथा युवाहरूले खेल मैदान व्यवस्थापन, आवश्यक पूर्वाधार निर्माण र नियमित खेलकुद गतिविधि सञ्चालन गर्न सरोकारवालाहरूको ध्यानाकर्षण गराएका छन्। उद्घाटनपछि प्रतियोगिता अन्तर्गत पहिलो खेल सम्पन्न भएको थियो।

खेलप्रेमी दर्शकहरूको उत्साहजनक सहभागिता रहेको यस प्रतियोगिताले स्थानीय खेल प्रतिभालाई अघि बढाउन महत्त्वपूर्ण योगदान दिने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार