https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

अजय मिश्रा
कृष्णनगर, फाल्गुन २० गते ।
नेकपा एमालेको जरा अभियान अन्तर्गत कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नम्बर ११, बसन्तपुर गाउँमा वडा कमिटी गठन गरिएको छ। कार्यक्रम नेकपा एमाले कृष्णनगर नगर कमिटी अध्यक्ष गोपाल प्यारे चन्देलको अध्यक्षतामा सम्पन्न भयो।

कार्यक्रमका प्रमुख अतिथि नेकपा एमाले केन्द्रीय सदस्य सुशील कुमार श्रीवास्तव रहनुभएको थियो। विशिष्ट अतिथिका रूपमा कृष्णनगर इन्चार्ज शिवप्रसाद गुप्ता तथा अतिथिहरूमा जिल्ला कमिटी सदस्य कृष्णकुमार गुप्ता, कृष्णनगर नगर उपाध्यक्ष समसुल हुडा खानलगायतका नेताहरूको उपस्थिति रहेको थियो।

मो. हसन मिर्जाको अध्यक्षतामा १५ सदस्यीय वडा कमिटी गठन गरिएको छ। नवगठित कमिटीलाई नेताहरूले बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए। साथै, पार्टीप्रति वफादार रहँदै सक्रिय भएर लाग्न निर्देशनसमेत दिएका थिए।

यसै अवसरमा अन्य विभिन्न पार्टीहरू परित्याग गरी करिब ६० जना व्यक्ति नेकपा एमालेमा प्रवेश गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार