https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

गाैशाला, फाल्गुन २० गते ।
समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत महोत्तरी जिल्ला प्रहरी कार्यालय मातहतका विभिन्न प्रहरी इकाइहरूले विभिन्न जनचेतनामूलक कार्यक्रम सम्पन्न गरेका छन्।

यस क्रममा प्रहरी चौकी धिरापुर, महोत्तरीले बालविवाह नियन्त्रण सम्बन्धी कार्यक्रम आयोजना गर्‍यो। कार्यक्रममा कानूनी प्रावधान, बालविवाहका सामाजिक तथा शारीरिक असरहरूबारे जानकारी दिइयो।

प्रहरी चौकी मगरथाना, महोत्तरीले जघन्य अपराध न्यूनीकरण सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न गर्‍यो। यस कार्यक्रममा समुदायसँग सहकार्य गरी अपराध रोकथाम गर्न जनचेतना अभिवृद्धि गरियो।

अस्थायी प्रहरी पोस्ट कठुधार, महोत्तरीले ON THE SPOT TRAFFIC AWARENESS PROGRAM अन्तर्गत क्षमता भन्दा बढी यात्रु तथा सामान बोक्दा हुन सक्ने दुर्घटनाबारे जानकारी गरायो। यात्रु तथा सवारी चालकहरूलाई सुरक्षित यात्रा सम्बन्धी सचेत गराइयो।

प्रहरी कार्यालयहरूले सञ्चालन गरेका यी कार्यक्रमहरूले स्थानीय समुदायलाई लाभान्वित गरेको जनाइएको छ। प्रहरी प्रमुखहरूले यस्ता सचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिइने बताएका छन्।

प्रतिक्रिया

सम्बन्धित समाचार