https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

जनकपुरधाम, फाल्गुन २० गते ।
जनता समाजवादी पार्टी नेपाल (जसपा) ले वर्तमान सरकार सुशासन, समृद्धि, विकास तथा संविधान संशोधन जस्ता विषयहरूमा असक्षम रहेको निष्कर्ष निकालेको छ।

ललितपुरमा तीन दिनसम्म चलेको पार्टीको केन्द्रीय समिति बैठकले भ्रष्टाचार नियन्त्रण, सुशासन कायम, र प्रभावकारी विकास गर्न सरकार असफल भएको ठहर गरेको हो। जसपा नेपालका प्रवक्ता मनिष सुमनका अनुसार बैठकले भूमिसम्बन्धी अध्यादेश फिर्ता लिन माग गर्दै अन्य पाँच अध्यादेशलाई समर्थन गर्ने निर्णय गरेको छ।

बैठकले “नो केवलकार” अभियानप्रति समर्थन जनाउँदै वार्ता र संवादमार्फत समस्या समाधान गर्न सरकारलाई ध्यानाकर्षण गराएको छ। साथै, पार्टीले वैशाख मसान्तभित्र सबै स्थानीय तह र भातृ संगठनहरूको अधिवेशन सम्पन्न गर्ने निर्णय गरेको छ।

बैठकले सय दिने जनतासँग भेटघाट अभियान सञ्चालन गर्दै हुलाकी राजमार्ग, मध्यपहाडी लोकमार्ग, र हिमाली राजमार्गका जनताको समस्या सुन्ने योजना अघि सारेको छ।

यसैबीच, सरकारलाई दिएको समर्थन फिर्ता लिने वा नलिने विषयमा निर्णय गर्ने अधिकार संसदीय दललाई दिइएको छ। बैठकले पार्टी संगठनलाई सशक्त बनाउन २ उपाध्यक्ष, १ महासचिव, र ११ जना केन्द्रीय सदस्य कार्यकारिणी समितिमा थप गर्ने निर्णय समेत गरेको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार