https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

गाैशाला, फाल्गुन २१ गते ।
नेपाल पत्रकार महासंघ, मधेश प्रदेश समितिले मधेश प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री सरोजकुमार यादवद्वारा पत्रकारहरूबारे व्यक्त अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

फागुन २० गते जनकपुरधाममा आयोजित प्रादेशिक ललितकला प्रदर्शनी २०८१ को उद्घाटन समारोहमा मन्त्री यादवले केही पत्रकारहरूलाई लक्षित गर्दै फोनमार्फत विज्ञापन माग्ने, नकारात्मक समाचार प्रकाशन गर्ने, तथा जनता गतिविधिमा संलग्न रहेको आरोप लगाएका थिए। उनले यस्ता गतिविधिहरू पत्रकारिताको आचारसंहिताविपरीत रहेको दाबी गरेका थिए।

नेपाल पत्रकार महासंघले मन्त्री यादवको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै प्रमाणबिना पत्रकारहरूको चरित्रहत्या गर्न नहुने स्पष्ट पारेको छ। महासंघले पत्रकारिताको स्वतन्त्रता, निष्पक्षता, र विश्वसनीयतामा प्रश्न उठाउने कुनै पनि अभिव्यक्ति अस्वीकार्य रहेको बताएको छ। यदि कुनै पत्रकारले आचारसंहिताविपरीत गतिविधि गरेको प्रमाण भए सार्वजनिक गर्न महासंघले आग्रह गरेको छ।

महासंघले मन्त्री यादवलाई आफ्नो गैर-जिम्मेवार अभिव्यक्ति सच्याउन आग्रह गर्दै पत्रकारिता क्षेत्रको बदनाम गर्ने प्रयास नगर्न चेतावनी दिएको छ। महासंघले कानुनी प्रक्रिया अनुरूप जो-कोही दोषी देखिए कारबाही गर्नुपर्ने बताएको छ, तर आधारबिना पत्रकारहरूमाथि आशंका गर्नु लोकतान्त्रिक मूल्यविपरीत हुने उल्लेख गरेको छ।

पत्रकार महासंघका महासचिव शैलेन्द्र महतो क्रान्तिले जारी गरेको विज्ञप्तिमा पत्रकारहरूको सुरक्षामा प्रतिकूल असर पर्ने कुनै पनि गतिविधि अस्वीकार्य रहेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार