
जनकपुरधाम – राशिफल ग्रह-नक्षत्रको चालअनुसार भविष्यमा हुन सक्ने घटनाक्रमको संकेत दिन्छ। ज्योतिषशास्त्रअनुसार आजको दिन १२ राशिका लागि मिश्रित फलदायी रहनेछ।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
रचनात्मक कार्य प्रारम्भ गर्न उपयुक्त समय छ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द पाइनेछ। विगतको सफलताले हौसला बढाउनेछ भने नयाँ अवसरहरू हात लाग्नेछन्।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
समय मिश्रित रहनेछ। अवसर आए पनि निर्णय लिनुअघि राम्ररी सोच्नुपर्छ। आर्थिक रूपमा धेरै फाइदा नहुने भएकाले खर्चमा ध्यान दिनुहोला। विश्वास गर्नुअघि सतर्क रहनु आवश्यक छ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
आर्थिक रूपमा समय शुभ रहनेछ। आम्दानी बढ्नेछ भने पेसा-व्यवसायमा सफलता मिल्नेछ। मिहिनेत अनुसार प्रतिफल पाइनेछ। साझेदारीबाट फाइदा मिल्ने सम्भावना छ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
स्वास्थ्य कमजोर रहने भएकाले सतर्कता अपनाउनुहोस्। रोकिएका काम पुन: प्रयास गर्दा मात्र पूरा हुनेछन्। गोपनीयतामा विशेष ध्यान दिनुहोस्, आफ्ना गोप्य कुराहरू बाहिरिन सक्छन्।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
काम सुरु गर्न केही समय लागे पनि भविष्यमा नाम र प्रतिष्ठा बढ्ने सम्भावना छ। साथीभाइको सहयोगले मनोबल उच्च हुनेछ। दीर्घकालीन फाइदा हुने योजनामा लगानी गर्न सकिनेछ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
समय सकारात्मक छ। चिताएको काम पूरा हुनेछ। व्यापारमा राम्रो फाइदा हुने संकेत छ। आफ्नो क्षेत्रमा प्रभाव जमाउन सकिनेछ। दाम र प्रतिष्ठा कमाउने अवसर प्राप्त हुनेछ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
स्वास्थ्य राम्रो रहनेछ। प्रियजनसँगको भेटघाट रमाइलो हुनेछ। व्यवसाय सम्बन्धी यात्राको सम्भावना छ। घुमफिर तथा किनमेलमा रुचि बढ्नेछ। सामाजिक मान-प्रतिष्ठा बढ्नेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
समय सामान्य रहनेछ। आश्वासन बाँड्नेहरूले झुक्याउने सम्भावना छ। हतारमा निर्णय लिनाले समस्या निम्तिन सक्छ। बेसुरमा काम गर्दा दुःख पाइने भएकाले सोचविचार गरेर मात्र अघि बढ्नुहोस्।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
सुखद समाचार प्राप्त हुनेछ। बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। मिहिनेतले प्रतिष्ठित कार्य सम्पादन गर्ने मौका दिलाउनेछ। अध्ययनमा गुरुजनको मार्गदर्शन उपयोगी रहनेछ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
बल तथा बुद्धिको सही प्रयोगले अधिकार र प्रतिष्ठा जोगाउन सकिनेछ। प्रयत्न गर्दा सजिलै लक्ष्य प्राप्त हुनेछ। प्रतिस्पर्धीहरूले पराजय भोग्नेछन् भने सफलता हात लाग्नेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
समय शुभ छ। आर्थिक लाभ प्राप्त हुनेछ। विचारहरूले धेरैलाई प्रभावित गर्नेछन्। सहयोगीहरूले साथ दिनेछन्। अघिसारेका काम सफलतासाथ पूरा हुनेछन्।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
अनुकूल समय छैन। अपेक्षाअनुसार सफलता प्राप्त नहुन सक्छ। मानसिक असन्तुष्टि अनुभव हुनेछ। सहयोगीहरूको साथ नमिल्न सक्छ। अनावश्यक खर्चबाट बच्नुहोस्।
(जन्मकुण्डली तथा हस्तरेखा अध्ययन गर्दै आएका ज्योतिष गुरु बिबेक पाण्डेयबाट परामर्श लिन ९८१२००५३७८ मा सम्पर्क गर्न सकिन्छ।)