https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

गाैशाला, फाल्गुन २३ गते ।
महोत्तरी जिल्लाको मनराशिसवा नगरपालिकाको नगर कार्यपालिकाको कार्यालय (प्रशासकीय भवन) काे पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शुक्रबार एक विशेष समारोहबीच उद्घाटन गरेको छ ।

चार वर्षभन्दा लामो समयपछि सम्पन्न निर्माण

करिब १६ कठ्ठा क्षेत्रफलमा फैलिएको तीन तल्ले प्रशासकीय भवनको शिलान्यास २०७७ साल कार्तिक १० गते सोमवारका दिन तत्कालीन मेयर संजय कुमार सिंहले गरेका थिए । काठमाडौंस्थित सिनर्जी/ज्ञानज्योति जेभी कम्पनीले निर्माणको जिम्मा पाएको सो भवनको निर्माण कार्य पूरा हुन करिब ४ वर्ष ६ महिना लागेको हो ।

यो भवन निर्माणमा करिब १० करोड रुपैयाँ खर्च भएको जनाइएको छ। भवन निर्माणका लागि आवश्यक बजेट संघीय सरकार, प्रदेश सरकार र स्थानीय तहको साझेदारीमा जुटाइएको थियो ।

सुविधासम्पन्न भवन, आधुनिक सेवासुविधा

नयाँ प्रशासकीय भवन अत्याधुनिक संरचनाका साथ निर्माण गरिएको छ। भवनभित्र नगरपालिकाका सबै महत्वपूर्ण शाखाहरू रहनेछन्, जसले सेवाग्राहीलाई एकै छानामुनि सम्पूर्ण सेवा प्राप्त गर्ने सुविधा दिनेछ। साथै, भवनमा प्रविधियुक्त सभाकक्ष, बैठक हल, अभिलेख कक्ष, प्रशासनिक कोठाहरू, मेयर तथा प्रमुख पदाधिकारीहरूको कार्यकक्ष, पार्किङ सुविधा लगायतका व्यवस्था गरिएको छ।

नगरपालिकाले नयाँ भवनबाट सञ्चालनमा आएपछि सेवा प्रवाह सहज हुने बताएको छ। पुरानो भवन साँघुरो र सुविधाविहीन भएकाले सेवाग्राहीले कठिनाइ झेल्नुपरेको थियो। नयाँ भवन सञ्चालनमा आएपछि जनताको पहुँच सहज हुने, सेवा छिटो छरितो हुने र स्थानीय प्रशासनको कामकाज व्यवस्थित हुने विश्वास गरिएको छ।

नगरपालिकाले यो भवनलाई आफ्नो महत्वपूर्ण उपलब्धिका रूपमा लिएको छ। उद्घाटनपछि सेवा प्रवाह अझ प्रभावकारी हुने नगर प्रमुख मोहन पाण्डेले बताएका छन्।

प्रतिक्रिया

सम्बन्धित समाचार