https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

गाैशाला, फाल्गुन २४ गते ।
महोत्तरीकाे मटिहानी नगरपालिका महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखाको आयोजनामा ११५औं अन्तर्राष्ट्रिय महिला दिवस विभिन्न कार्यक्रमसहित मनाइएको छ। “सबै महिला तथा बालबालिकाका लागि: अधिकार, समानता र सशक्तिकरण” भन्ने मूल नाराका साथ आयोजित कार्यक्रममा नगर क्षेत्रभर जनचेतनामूलक गतिविधि सञ्चालन गरियो।

कार्यक्रमअन्तर्गत मटिहानी बस स्टेन्डबाट प्रारम्भ भएको बृहत् र्‍याली नगरका विभिन्न भागको परिक्रमा गर्दै सम्पन्न भएको थियो। र्‍यालीमा नगर प्रमुख हरि प्रसाद मण्डल, उप-प्रमुख मञ्जु देवी साह, प्रमुख प्रशासकीय अधिकृत चन्द्रशेखर शर्मा, वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरू, महिला स्वयंसेविकाहरू, स्थानीय प्रहरी प्रशासन तथा नगरका कर्मचारीहरू सहभागी भएका थिए।

त्यस्तै, राम माध्यमिक विद्यालय, मटिहानीमा आयोजित विशेष कार्यक्रममा समाजमा प्रेरणादायी योगदान पुर्‍याएका १० जना साहसी महिलाहरूलाई कदर-पत्र प्रदान गरी सम्मान गरियो। कार्यक्रममा बोल्दै नगर प्रमुख मण्डलले महिला सशक्तिकरण राष्ट्र विकासको अभिन्न हिस्सा भएको भन्दै तीनै तहका सरकारले नीति निर्माण र कार्यान्वयनमा विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभयो।

सोही कार्यक्रममा उप-प्रमुख मञ्जु देवी साह, वडा अध्यक्ष कलीम अन्सारी, रितेश साह, मदन चौधरी, महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख दीपा दास, शिक्षा संयोजक चन्देश्वर साह, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा अन्य स्थानीय महिला कर्मचारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

महिला अधिकार र सशक्तिकरणका क्षेत्रमा जागरूकता अभिवृद्धि गर्न आयोजित यो कार्यक्रम नगरपालिकाका लागि महत्त्वपूर्ण भएको स्थानीय महिलाहरूले प्रतिक्रिया दिएका छन्।

प्रतिक्रिया

सम्बन्धित समाचार