https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

गाैशाला, फाल्गुन २४ गते ।
महोत्तरी जिल्लाको विषहारामाई बचत तथा ऋण सहकारी संस्था लि. ले आज शनिबार औरही नगरपालिका वडा नम्बर ७ का सदस्यहरूलाई लक्षित गर्दै सहकारी शिक्षा तथा वित्तीय साक्षरता तालिम सम्पन्न गरेको छ। श्री सोनामाई आधारभूत विद्यालय, भोइलमा आयोजित उक्त कार्यक्रममा ६० जना भन्दा बढी सेयर सदस्यहरूको उपस्थिति रहेको थियो।

दिउँसो १२:१५ बजेदेखि सुरु भएको तालिममा सहकारीको परिभाषा, मूल्य, मान्यता, सिद्धान्त, बचत, ऋण व्यवस्थापन, वित्तीय साक्षरता तथा सहकारी र बैंकबीचको भिन्नता लगायतका विषयमा गहन प्रशिक्षण दिइयो। संस्थाका सचिव रामनारायण साहले सहभागीहरूलाई सहकारी सम्बन्धी विस्तृत जानकारी गराउनुका साथै वित्तीय साक्षरताको महत्त्वबारे प्रकाश पार्नुभयो। तालिमको क्रममा सदस्यहरूले संस्थासँगको अनुभव तथा आफ्नो जीवनका वित्तीय अनुभवहरू आदान-प्रदान गरेका थिए।

कार्यक्रमको उद्घाटन औरही नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष जितेन्द्र यादवले गर्नुभएको थियो। कार्यक्रममा संस्थाकी अध्यक्ष गणिता यादव, व्यवस्थापक संजय कुमार यादव, कर्मचारी दिनेश यादव, प्रमोद साह लगायत अन्य पदाधिकारी तथा स्थानीयको उपस्थिति रहेको थियो।

संस्थाले आफ्ना सदस्यहरूलाई नियमित रूपमा सहकारी शिक्षा तथा वित्तीय साक्षरता तालिम प्रदान गर्दै आइरहेको छ। संस्थाकी अध्यक्ष गणिता यादवले आगामी दिनहरूमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिइने बताउनु भयो। तालिममा सहभागी सदस्यहरूले यस किसिमका कार्यक्रमहरू आर्थिक तथा सामाजिक रूपान्तरणका लागि उपयोगी हुने प्रतिक्रिया दिएका छन्।

प्रतिक्रिया

सम्बन्धित समाचार