https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

पवन प्रसाद साह
बिरगंज, फाल्गुन २४ गते ।
पर्सा जिल्लाको पोखरिया नगरपालिकामा ११५ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा वक्तृत्वकला प्रतियोगिता आयोजना गरी चार जना महिलालाई सम्मानित गरिएको छ ।

नगरपालिकाको आयोजनामा भएको प्रतियोगितामा शिक्षिका, महिला स्वास्थ्यकर्मी, महिला नगर प्रहरी, महिला स्वयंसेविका तथा अन्य महिला कर्मचारीहरूको सहभागिता रहेको थियो । प्रतियोगितामा “महिलाको हक र अधिकार” विषयमा १५ जना महिलाहरूले आफ्नो विचार प्रस्तुत गरेका थिए । तीमध्ये उत्कृष्ट प्रदर्शन गर्ने चार जनालाई प्रथम, द्वितीय, तृतीय र सान्त्वना पुरस्कार प्रदान गरिएको थियो ।

विजेता तथा सम्मानित हुने महिलाहरू :-

प्रथम स्थान – शिक्षिका गीता भण्डारी

द्वितीय स्थान – स्वास्थ्य क्षेत्रकी चिन्ता यादव

तृतीय स्थान – शिक्षिका रञ्जु देवी

सान्त्वना पुरस्कार – महापति देवी

कार्यक्रम पोखरिया नगरपालिका वडा नं. ४ का वडाध्यक्ष लक्ष्मण साह कानुको अध्यक्षतामा सम्पन्न भएको थियो । प्रमुख अतिथि नगर प्रमुख प्रद्युमन प्रसाद चौहान रहनुभएको थियो भने नगर उपप्रमुख रुबी कुमारी ठाकुर, कार्यपालिका सदस्य चुनी देवी, सामाजिक शाखा प्रमुख वाल्मीकी रौनियार, हस्तयानी गिरी, जया तिवारी, नगर प्रहरी इन्चार्ज दिनेश प्रसाद चौहान लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सहजकर्ता नरेन्द्र साह कानु रहेका थिए ।

नगरपालिकाले महिला सशक्तिकरण तथा अधिकार संरक्षणका विषयमा सचेतना बढाउने उद्देश्यले हरेक वर्ष यस्ता कार्यक्रमहरू आयोजना गर्दै आएको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार