
धर्मेन्द्र कुमार कुर्मी (चौधरी)
कपिलवस्तु, फाल्गुन २४ गते ।
कपिलवस्तुको कृष्णनगरमा अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा छिमेकी देश भारतका सुरक्षा कर्मी तथा विभिन्न संघसंस्थाहरूबीच भेटघाट तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।
कृष्णनगर नगरपालिका कार्यालयको आयोजनामा नेपाल प्रहरी, ट्राफिक प्रहरी, सशस्त्र प्रहरी (APF), भारतीय सीमा सुरक्षा बल (SSB) बढनीका सुरक्षाकर्मी, शान्ति पुनर्स्थापना गृह, आफन्त नेपाल, आशिष सामाजिक सेवा लगायतका संस्थाहरूको सहकार्यमा लिंकगेटमा विशेष कार्यक्रम गरिएको हो ।

“TO ALL WOMEN AND GIRLS: RIGHT, EQUALITY AND EMPOWERMENT” अर्थात् “सबै महिला तथा बालबालिकाका लागि: अधिकार, समानता र सशक्तिकरण” भन्ने अन्तर्राष्ट्रिय नारा तथा राष्ट्रिय नाराका साथ महिला दिवस मनाइएको हो ।
शुभकामना आदानप्रदान कार्यक्रमले नेपाल–भारत सीमावर्ती क्षेत्रका सुरक्षाकर्मी तथा सामाजिक संस्थाहरूबीच आपसी समन्वय र मित्रता बढाउने विश्वास गरिएको छ । कार्यक्रममा सहभागीहरूले महिलाका अधिकार, समानता, र सशक्तिकरणका लागि निरन्तर सहयोग र प्रतिबद्धता जनाउने बताएका छन् ।
