https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

ओम प्रकाश यादव
गौर, फाल्गुन २४ गते ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मधेशवादी दलहरु अवसरबादी रहेको आरोप लगाएका छन् । रौतहटमा आयोजित एक कार्यक्रमलाई सम्वोधन गर्दै उनले यस्तो आरोप लगाएका छन् ।

आफ्नो भाषणको अधिकांश समय मधेशवादी दलहरुकै आलोचनामा खेपेका प्रचण्ड प्रधानमन्त्री हुँदा आफ्नो पद जोगाउँन आफूलेनै जनता समाजवादी पार्टी (जसपा) नेपाललाई फूटाएको दावी गरेका थिए तर, आज उनी मधेशमा हुँदा मधेशवादी दलनै अवसरबादी रहेको आरोप लगाए । उनले कहिले सिरहा त कहिले मधेश संग लभ पर्ने गरेको मधेशी जनता संग झुठा आश्वासन बाड्ने गरेको तर, मधेशलाई उनीपनि नेपाली कांग्रेस र नेकपा एमाले झै बुझ्ने गरेका छन् ।

जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवलाई सत्तास्वार्थ सिद्ध गर्न पटक–पटक बदनाम गराएका प्रचण्डले अन्तमा उनलाई पनि छाडेका थिएन् । सधै मधेशका जनतालाई उपेक्षामा राखेर आफ्नो राजनीतिक स्वार्थ सिद्ध गर्नमै उनले आफ्नो सत्ता समय वितित गरेका राजनीतिक विश्लेषकहरुको भनाई छ ।

‘जनतासँग माओवादी, तराई मधेस जागरण अभियान’ अन्तर्गत रौतहटमा उनले मधेशवादी दललाई यस प्रकारले प्रस्तुत गरे की मधेशवादी दलनै मुलुकको आर्थिक, सामाजिक, स्वास्थ्य लगायत मुलुकलाई धरापमा पार्ने पार्टीहरु रहेको हो । उनले पूर्व देखि शुरु गरेको अभियान अन्ततः रौतहटमा आएर सके तर, उनको भित्रि मनोसाय भने रौतहटमै आएर निश्किएको छ ।

मधेशलाई आफ्नो कमाईखाने थलो र मधेशी जनतालाई गुलाम बुझ्ने प्रचण्डको भित्रि अभिव्यक्ति रौतहटमा आएको निश्किएको राजनीतिक विश्लेषकहरु बताउँछन् । जनता संग झुठको आश्वासन बाड्दा बाड्दै उनको भित्र रहेको भडास बाहिर आएको उनीहरु बताउँछन् ।

दाहालले आफ्नो भाषणमा भने–‘मधेशी दलहरु पछिल्लो समय विभाजन हुँदै गएको र टुटफुट तर्फ उन्मुख रहेको हुँदा कथित मधेशवादी दलबाट मधेशी जनताले अब चाहेर पनि मुक्ति पाउन नसक्ने भएकोले मधेशी जनताको मुक्तिको सम्पूर्ण जिम्मा माओवादीले लिनेछ ।’ तर, जसपा नेपाललाई पटक पटक केपी शर्मा ओली र प्रचण्डलेनै विभाजन गराएर एक खेमालाई ओलीले चलाई रहेका छन् भने एकलाई प्रचण्डले । तर, उपेन्द्रले केही दिन यता देखि उनलाई भाउ दिन छाडेपछि अहिले मधेशमा जागरण अभियान गर्दै हिडेको जानकारहरु बताउँछन् ।

रौतहटमा आयोजित कार्यक्रममा बोल्दै प्रचण्डले सक्कली मधेशवादी दल माओवादी मात्रै रहेको र अन्य मधेसवादी दलहरू नक्कली भएको आरोप लगाए । उनले मधेशवादी दलहरुलाई नक्कली मधेशीदलको संज्ञा दिए ।

मधेशीको असली साथी माओवादी होइन भनी नक्कली मधेशवादीदलले जनतामा भ्रम फैलाएर वर्षौदेखी मधेशी जनतालाई झुक्याउँदै आएको उनले आरोप लगाए । प्रचण्डको भित्र रहेको जति भाडास थियो सवै रौतहटमा निकाले मधेशवादी दलका एक नेताले भने ।
उनले मधेशी जनताले नक्कली मधेशवादी दलको भुलभुलैयाबाट अब बाहिरिनुपर्ने भन्दै मधेशीको हक र अधिकार दिलाउने तर्फ लाग्ने एकमात्र पार्टी माओवादी भएको जिकिर गरे ।

मधेशको मुक्तिविना देशको मुक्ति सम्भव नरहेकोले अब माओवादीले शोषित, पीडित, चरम अन्याय, विभेद र उत्पीडनमा परेका मधेशी जनताको मुक्ति दिलाउनका लागि लागि परेको स्पष्ट पारे ।

१३ सय मधेशी जनताको बलिदानीपूर्ण संघर्षबाट देशमा प्राप्त भएको उपलब्धीलाई कसैले खतरामा पार्ने काम गरे आफुहरु पुन जनआन्दोलन शुरु गर्ने प्रचण्डले चेतावनी दिए ।

उनले माओवादीले नै पहिलोपटक हुलाकी मार्ग केन्द्रित अभियान सुरु गरेको उल्लेख गर्दै मधेसको विकासका लागि माओवादी प्रतिबद्ध रहेको बताए । आफू प्रधानमन्त्री हुँदा भारत भ्रमणका क्रममा समकक्षी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई हुलाकी मार्ग निर्माणबारे ध्यानाकर्षण गराएपछि बल्ल निर्माण प्रक्रिया अघि बढेको उनले खुलासा गरे ।

प्रचण्डले मधेसमा सिँचाइ, मल बीउको अभाव, कृषि उत्पादन वृद्धि, शिक्षा र स्वास्थ्य क्षेत्रमा देखिएको कमीकमजोरीलाई सुधार गर्नेतर्फ माओवादी समर्पित भएर लाग्ने प्रतिबद्धता व्यक्त गरे ।

प्रतिक्रिया

सम्बन्धित समाचार