https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

गाैशाला, फाल्गुन २४ गते ।
महिला श्रमिकहरूले भोगिरहेको असमान ज्याला, हकअधिकार तथा समानताको विषयमा जागरूकता फैलाउन महोत्तरीको रामगोपालपुर नगरपालिकामा अन्तरक्रिया तथा र्याली सहितको कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम नगरपालिकाकाे वडा नम्बर १, २, ५ गरि वडा नम्बर ९ मा समेत गरिएको थियोे ।

“सबै महिला तथा बालिकाका लागि: अधिकार, समानता र सशक्तिकरण” नाराका साथ आयोजित कार्यक्रममा रतौली युवा क्लब र एक्सनएड नेपालको साझेदारी तथा रामगोपालपुर नगरपालिकाको समन्वयमा सञ्चालित “स्थानीय अधिकार कार्यक्रम” को साझेदारी रहेको थियो ।

महिला श्रमिक समूहहरूको अगुवाइमा भएको कार्यक्रममा श्रमिक महिलाहरूले न्यून ज्याला, असमान पारिश्रमिक, तथा श्रम अधिकारका विषयमा आफ्ना अनुभवहरू बाँडे । कार्यक्रममा सहभागिहरूले श्रम बजारमा लैंगिक विभेद अन्त्य गर्न नीति सुधार तथा कार्यान्वयनको माग गरे ।

र्याली तथा अन्तरक्रिया कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधिहरू, स्थानीय जनप्रतिनिधि तथा श्रमिक महिलाहरूको उल्लेखनीय सहभागिता रहेको थियो । आयोजक संस्थाहरूले आगामी दिनहरूमा पनि श्रमिक महिलाहरूको अधिकार संरक्षण तथा समान ज्यालाका लागि निरन्तर अभियान सञ्चालन गर्ने प्रतिबद्धता जनाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार