https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

राजविराज, फाल्गुन २४ गते ।
कर छुट सम्बन्धी जानकारी दिने उद्देश्यले करदाता सेवा कार्यालय राजविराजले सप्तरीको हनुमाननगर बजारमा शनिबार कर शिविर सम्पन्न गरेको छ । आर्थिक ऐन, २०८१ ले दिएको कर सम्बन्धी छुटलाई लक्षित गर्दै कार्यालयले विदाको दिन पारेर यो शिविर सञ्चालन गरेको हो ।

शिविरमा कर छुट सम्बन्धी विस्तृत जानकारी दिने, साना प्रोप्राइटरसिप करदाताले लिखित रूपमा घोषणा गरेको कारोबार विवरण कम्प्युटरबाट प्रविष्टि गर्ने तरिका सिकाउने, कर कार्यालयबाटै प्रविष्टि गरिदिने, करदाताहरूले बाणिज्य बैंकमार्फत कर बुझाउने, नयाँ दर्ताको प्रक्रिया बुझाउने लगायतका सेवा प्रदान गरिएको थियो ।

सयौं करदाताहरू सहभागी रहेको यस शिविरमा ८० भन्दा बढी कर विवरण दाखिला भई ननफाइलरको संख्या घटेको कर अधिकृत लालदेव सर्राफले जानकारी दिनुभयो। कर विवरण नबुझाएका करदाताहरूलाई लक्षित गरी कर कार्यालयले सप्तरी जिल्लाभरि माइकिङ, प्रचार सामग्री वितरण, मोबाइल म्यासेज, फेसबुक पेजमा करदाताहरूको सूची प्रकाशन, चिठी पत्राचार लगायतका माध्यमबाट कर विवरण बुझाउन अनुरोध गरिरहेको छ।

सरकारले करको दायरामा नयाँ करदाताहरूलाई ल्याउने उद्देश्यले तीन आर्थिक वर्ष अगाडिको कर छुट, पान लिएका तर विवरण नबुझाएका करदातालाई शुल्क जरिवाना तथा ७५% ब्याज छुट, मूल्य अभिवृद्धि करमा दर्ता भई विवरण नबुझाएका करदातालाई जरिवाना छुट दिने व्यवस्था आर्थिक ऐनमार्फत गरेको छ। कर छुट सुविधाको अन्तिम म्याद फागुन २९ सम्म रहेको हुँदा कर कार्यालयले यो अवसर उपयोग गर्न सबै करदातालाई अनुरोध गरेको छ ।

चैत्र महिनादेखि सम्पूर्ण कर नियमहरू लागू हुने भएकाले कर छुट सुविधाबाट लाभ उठाउने यो अन्तिम अवसर रहेको कर अधिकृत सर्राफले जानकारी दिनुभयो। कर कार्यालयले करदातामैत्री नीति अपनाउँदै निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार