https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

रामनारायण ठाकुर
सिरहा, फाल्गुन २४ गते ।
सिरहा जिल्ला निर्वाचन क्षेत्र नं. ४ को कल्याणपुरमा स्नातकतह अध्यापनको लागि भवन निर्माणको शिलान्यास कार्यक्रम सम्पन्न भएको छ। यो कार्यक्रम सिरहा क्षेत्र नं. ४ का प्रतिनिधि सभा सदस्य र पूर्व संघीय वन तथा वातावरण मन्त्री डा. विरेन्द्र प्रसाद महतोको नेतृत्वमा गरिएको हो।

कल्याणपुर नगरपालिका वडा नं. ११ मा अवस्थित श्री रामदुलारी उच्च माध्यमिक विद्यालयको स्नातकतह अध्यापनको लागि नयाँ भवन निर्माण गर्न शिलान्यास गरिएको हो। यसका लागि संसदीय कोषबाट १ करोड रुपैयाँको लागतमा ८ कोठे भवन निर्माण गरिने छ।

कार्यक्रमको अध्यक्षता कल्याणपुर नगरपालिकाका मेयर रामपुकार साहले गरेका थिए, र प्रमुख अतिथि डा. विरेन्द्र प्रसाद महतोको उपस्थितिमा यो कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ।

यो भवन निर्माण पूरा भएपछि, कल्याणपुर नगरपालिका र यस क्षेत्रको शिक्षा क्षेत्रमा महत्वपूर्ण परिवर्तन आउने विश्वास व्यक्त गरिएको छ। संघीय सघन सहरी विकास कार्यालयले यस भवनको निर्माण असार महिनाको अन्त्य सम्म पूरा गर्ने योजना बनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार