https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

जनकपुरधाम, फाल्गुन २४ गते ।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
चन्द्रमाको गोचर तपाईंको राशिबाट आठौँ स्थानमा भएकाले आज महत्वपूर्ण काम थोरै ढिलो गर्नुस्। पारिवारिक असमझदारी बढ्न सक्छ, आफन्तसँगको सम्बन्धमा ध्यान दिनुहोस्। मान्यजनको सुझाव नमान्दा काम बिग्रन सक्छ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
चन्द्रमाको गोचर सातौँ स्थानमा भएकाले आज अप्ठ्यारा परिस्थितिसँग जुझेर सफलता पाउन सक्नुहुन्छ। व्यापार व्यवसायमा लाभ मिल्नेछ। गुरुजनको सहयोग र बुद्धिको सही उपयोगले सफलता हात लाग्नेछ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
चन्द्रमाको गोचर छैटौँ स्थानमा भएकाले अरूलाई प्रभावित पारेर काम बनाउन सक्नुहुन्छ। प्रशंसा प्राप्त हुनेछ, सहयोगीहरूले साथ दिनेछन्। आर्थिक लाभको राम्रो सम्भावना छ। रोकिएको काम सम्पादन हुनेछ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
चन्द्रमाको गोचर पाँचौँ स्थानमा भएकाले इच्छाशक्ति बढ्नेछ। परम्परागत सोचमा परिवर्तन ल्याउन सक्नुहुन्छ। विशेष समारोहमा सम्मान पाइनेछ। पारिवारिक सम्बन्ध मजबुत बन्नेछ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
चन्द्रमाको गोचर चौथो स्थानमा भएकाले आज विशेष सतर्कता अपनाउनुहोस्। आर्थिक अभाव हुन सक्छ, साथीभाइसँग असमझदारी बढ्न सक्छ। लगानी गर्दा सोचविचार गर्नुपर्छ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
चन्द्रमाको गोचर तेस्रो स्थानमा भएकाले रोकिएको काम बन्नेछ। आम्दानीको स्रोत बढ्नेछ। साझेदारीमा विशेष लाभ मिल्नेछ। पितृ सम्पत्तिबाट फाइदा हुनेछ। प्रतिष्ठा बढ्ने सम्भावना छ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
चन्द्रमाको गोचर दोस्रो स्थानमा भएकाले आज साथीभाइ वा विश्वासपात्रबाट धोका हुन सक्छ। आर्थिक नोक्सानी हुनसक्ने सम्भावना छ, सचेत रहनुहोस्। आत्मबल बढाएर काम गर्दा सामाजिक सम्मान मिल्नेछ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
चन्द्रमाको गोचर पहिलो स्थानमा भएकाले आज सानो प्रयासले भाग्यनिर्माण गर्न सक्नुहुन्छ। रोकिएका काम पुनः सुचारु हुनेछन्। नयाँ जिम्मेवारी हात पर्नेछ। मेहनत गरे भविष्यमा राम्रो लाभ प्राप्त हुनेछ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
चन्द्रमाको गोचर बाह्रौँ स्थानमा भएकाले आज अनावश्यक खर्च बढ्न सक्छ। विना प्रयोजनको यात्रामा समय खर्चिनुपर्ने हुन सक्छ। सहकर्मी वा परिवारसँग विवाद बढ्न सक्छ। संयम अपनाउनुहोला।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
चन्द्रमाको गोचर एघारौँ स्थानमा भएकाले आज पढाइमा प्रगति हुनेछ। व्यापार व्यवसायका लागि यात्रा फाइदाजनक हुनेछ। आम्दानी प्रशस्तै बढ्नेछ। नयाँ सवारी साधन प्राप्तिको योग छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
चन्द्रमाको गोचर दशौँ स्थानमा भएकाले व्यापार व्यवसायमा सामान्य फाइदा हुनेछ। मुद्दा मामिलामा सफलता मिल्नेछ। प्रतिस्पर्धीहरूले चुनौती दिए पनि आत्मबलले सफलता मिल्नेछ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
चन्द्रमाको गोचर नवौँ स्थानमा भएकाले पारिवारिक सम्बन्ध राम्रो रहनेछ। विद्यार्थीहरूका लागि राम्रो समय छ। आर्थिक लाभ सामान्य मात्र हुनेछ। बोल्दा विचार गर्नुहोस्, अन्यथा समस्या आउन सक्छ।

(Disclaimer: यो राशिफल वैदिक ज्योतिषमा आधारित अनुमान मात्र हो, जीवनमा सफलता तपाईंको परिश्रम र कर्ममा निर्भर गर्दछ।)

प्रतिक्रिया

सम्बन्धित समाचार