
काठमाडौं, फाल्गुन २६ गते ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले काठमाडौं महानगरपालिकालाई जरिवाना रकम बुझाएको छ। पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतका क्रममा फोहोर तथा संरचना क्षति भएको भन्दै महानगरले राप्रपालाई एक लाख रुपैयाँ जरिवाना तोकेको थियो।
प्रवक्ता ज्ञानेन्द्र शाही स्वयं महानगर पुगेर जरिवाना रकम बुझाएका हुन्। उनले उक्त क्षणको तस्बिर सामाजिक सञ्जाल फेसबुकमा सेयर गरेका थिए।

राप्रपाले सुशासन र विधिको शासनलाई आत्मसात गर्ने बताउँदै सांसद शाहीले भने, “राजाको स्वागतमा आएका लाखौँ नागरिक हिँड्दा बाटोमा केही क्षति पुगेको हुन सक्छ। महानगरको निर्णय स्वीकार्छौँ।”
उक्त प्रदर्शनमा राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपा, कमल थापा नेतृत्वको राप्रपा नेपाल, तथा व्यापारी दुर्गा प्रसाईँ समर्थकहरू सहभागी थिए। तर, महानगरले केवल लिङ्देन नेतृत्वको राप्रपालाई मात्र जरिवाना तोकेको थियो।