
काठमाडौं, फाल्गुन २६ गते ।
नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका नवनियुक्त अध्यक्ष पृथ्वीबहादुर पाण्डेले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।
बैंकको सञ्चालक समितिको ६१७ औं बैठकबाट अध्यक्ष चयन भएका पाण्डेले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसमक्ष शपथ लिएका हुन्।
शपथ कार्यक्रममा राष्ट्र बैंकका डेपुटी गभर्नरद्वय डा. निलम ढुंगाना तिम्सिना, बमबहादुर मिश्र तथा अन्य उच्च पदाधिकारीहरूको उपस्थिति रहेको थियो।