
चमेली सिंह
गाैशाला, फाल्गुन २६ गते ।
महोत्तरी जिल्लाको रामगोपालपुर नगरपालिका वडा नं. ७ स्थित सहसौलामा सांसद मा. सराेज सिंह कुशवाहाद्वारा पीसीसी सडक ढलान कार्यका लागि शिलान्यास गरिएको छ ।
प्रदेश सांसद तथा पूर्व आन्तरिक मामिला तथा कानून राज्य मन्त्री सरोज सिंह कुशवाहाले सडक ढलानको शिलान्यास गरेका हुन्। सडक निर्माणले स्थानीय बासिन्दालाई सहज आवागमनको सुविधा प्रदान गर्ने अपेक्षा गरिएको छ ।

स्थानियवासीहरूले लामो समयदेखि सडक सुधारको माग गरिरहेका थिए। यो परियोजनाले वर्षायाममा देखिने हिलो तथा धुलो समस्याबाट मुक्ति दिने अपेक्षा गरिएको छ ।

शिलान्यास कार्यक्रममा जनता समाजवादी पार्टी (जसपा) नेपालको वडा संयोजक सत्यनारायण चौधरी, समिउल्लाह अन्सारी, स्थानीय नेताहरू, नागरिक समाजका प्रतिनिधि, तथा युवा समूहको उपस्थिति रहेको थियो ।
