https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

राजेश सिंह
गौशाला, फाल्गुन २६ गते ।
बाँके मरहा साझेदारी वन उपभोक्ता समूहको नयाँ भवन निर्माण कार्यको शिलान्यास गरिएको छ । उपभोक्ता समूहका अध्यक्ष बलराम यादवले उक्त भवन निर्माणको लागि औपचारिक रूपमा शिलान्यास गरेका हुन् ।

जिल्लाको गौशाला नगरपालिका–११, लक्ष्मीनिया चौकस्थित वन कार्यालय छेउमा निर्माण हुन लागेको यो तीन कोठे भवनको अनुमानित लागत ८ लाख रुपैयाँ रहेको अध्यक्ष यादवले जानकारी दिए ।

समारोहमा उपस्थित विशेष व्यक्तित्वहरू

उक्त शिलान्यास कार्यक्रममा बाँके मरहा सव-डिभिजनका लक्ष्मीनियाकी अधिकृत श्वेता झा, उपभोक्ता समूहका उपाध्यक्ष : राम साेगारथ यादव,उपभोक्ता समुहका सम्पूर्ण पदाधिकारी, कर्मचारी, स्थानीय समाजसेवी तथा वन संरक्षणमा संलग्न व्यक्तिहरूको उपस्थिति रहेको थियो ।

भवन निर्माणको उद्देश्य र महत्व

नयाँ भवन निर्माणपछि उपभोक्ता समूहको कार्यालय व्यवस्थापन सुधार, वन संरक्षणसम्बन्धी विभिन्न कार्यक्रमको सञ्चालन तथा वन उपभोक्ताहरूको समन्वयमा सहजता आउने अपेक्षा गरिएको छ ।

वन उपभोक्ता समूहको योगदान

बाँके मरहा साझेदारी वन उपभोक्ता समूहले लामो समयदेखि वन संरक्षण, हरियाली प्रवर्द्धन र स्थानीय समुदायलाई टिकाउ वन व्यवस्थापन प्रणालीबारे सचेतना फैलाउने कार्य गर्दै आएको छ । समूहले वन क्षेत्रको दिगो उपयोग, वन अतिक्रमण रोकथाम र पर्यावरणीय सन्तुलन कायम गर्न विभिन्न कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ ।

“वन संरक्षण हाम्रो जिम्मेवारी, हरियाली प्रवर्द्धन हाम्रो पहिचान” भन्ने नाराका साथ, बाँके मरहा साझेदारी वन उपभोक्ता समूहले नयाँ भवन निर्माणको माध्यमबाट आफ्नो सेवा र कार्यक्षमता अझ प्रभावकारी बनाउने लक्ष्य राखेको छ ।”

प्रतिक्रिया

सम्बन्धित समाचार