
पवन प्रसाद साह
बिरगंज, फाल्गुन २६ गते ।
नेशनल मेडिकल कलेज एण्ड शिक्षण अस्पतालले आफ्नो २४औं वार्षिक उत्सवको अवसरमा बिरगंज महानगरपालिका–१५ स्थित भिस्वा अस्थायी प्रहरी चौकीलाई स्टिल दराज र टेबल सहयोग गरेको छ ।
नेशनल मेडिकल कलेज एण्ड शिक्षण अस्पतालकी निर्देशक डा. रुबी श्रेष्ठ यासमिनले अस्थायी प्रहरी चौकी भिस्वाका असई राजैश्वर प्रसाद मण्डललाई स्टिल दराज र टेबल हस्तान्तरण गर्दै अस्पतालले यसअघि पनि सहयोग गरेको र आगामी दिनमा पनि निरन्तर सहयोग जारी रहने बताइन् ।

उक्त सामग्री हस्तान्तरण कार्यक्रममा नेशनल मेडिकल कलेज एण्ड शिक्षण अस्पताल प्रशासनका मौलाना नरुल होदा र पपु सिंहको उपस्थिति रहेको थियो ।