https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

पवन प्रसाद साह
वीरगंज, फागुन २७ गते

नेपाली कांग्रेसका नेता तथा संविधानसभा सदस्य राजेन्द्र बहादुर अमात्यले स्ववियु (स्वतन्त्र विद्यार्थी युनियन) चुनावमा सहभागी जय नेपाल विद्यार्थी संघ बाट सभापतिमा उम्मेदवारी दिएका राजु गुप्ता लगायत सम्पूर्ण प्यानलका विद्यार्थीहरूलाई उच्च मनोबलका साथ चुनाव लड्न शुभकामना दिएका छन्।

सभासद् अमात्यले विद्यार्थीहरूलाई लोकतान्त्रिक मूल्य र आदर्शलाई आत्मसात गर्दै चुनावमा सहभागी हुन आग्रह गरेका छन्। उनले भने, “विद्यार्थी राजनीतिले देशको भविष्य निर्माण गर्छ, त्यसैले स्वच्छ प्रतिस्पर्धाको माध्यमबाट योग्य नेतृत्व चयन गर्नुपर्छ।”

स्ववियु चुनाव चैत्र ५ गते हुने तय भएपछि ठाकुरराम बहुमुखी क्याम्पसमा आज मनोनयन दर्ताका लागि पुगेका विद्यार्थीहरूलाई अमात्यले टीका लगाएर शुभकामना दिएका थिए।

उक्त अवसरमा उम्मेदवार राजु गुप्ता को पक्षमा व्यापक समर्थन देखिएको र जय नेपाल विद्यार्थी संघ को जितको सम्भावना बलियो बन्दै गएको सहभागीहरूले बताएका छन्।

प्रतिक्रिया

सम्बन्धित समाचार