https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

अजय मिश्रा
कपिलवस्तु, फाल्गुण २८ गते ।
अवधी पत्रकार संघ नेपाल कपिलवस्तु शाखाको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। रक्त सञ्चार केन्द्र बुटवलको प्राविधिक सहयोगमा शिवराज अस्पताल, बहादुरगंजमा एकदिने रक्तदान कार्यक्रम आयोजना गरिएको हो।

कार्यक्रमबारे जानकारी दिँदै संघका सचिव बृजेश यादवले कुल ५५ जनाको सहभागिता रहेकोमा ३३ जनाले मात्र रक्तदान गरेको बताए। बाँकी सहभागीहरूलाई उच्च रक्तचाप, मधुमेह लगायतका स्वास्थ्य समस्याका कारण रक्तदान गर्न नमिल्ने रक्त सञ्चार केन्द्रका प्राविधिकहरूले बताएका थिए ।

अवधी पत्रकार संघ कपिलवस्तु शाखाका अध्यक्ष मनिष कुमार गुप्ताले रक्तदानको महत्व उल्लेख गर्दै भने, “रक्तदान जीवनदान सरह हो। दान गरिएको रगत समूहअनुसार केन्द्रमा संकलन हुन्छ र आपतकालीन अवस्थामा दुर्घटना वा रोगीलाई सहज रूपमा उपलब्ध गराउन सकिन्छ।”

कार्यक्रमले रक्तदानप्रति जनचेतना जगाउनुका साथै समाजमा परोपकारको भावना फैलाउने विश्वास आयोजकहरूले व्यक्त गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित समाचार