
गाैशाला, फाल्गुन २८ गते ।
महोत्तरी जिल्लाको सम्सी गाउँपालिकामा होली पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। बुधबार गाउँपालिका कार्यालयमा आयोजित विशेष समारोहमा जनप्रतिनिधि, कर्मचारी तथा विभिन्न क्षेत्रका व्यक्तिहरूको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो ।
समारोहका वक्ताहरूले होली पर्व आपसी प्रेम, भाइचारा र सद्भावको प्रतीक भएको उल्लेख गर्दै यस पर्वले समाजमा शान्ति तथा एकताको सन्देश फैलाउने विश्वास व्यक्त गरे । पालिका अध्यक्ष राम नाथ यादवले होलीको अवसरमा शुभकामना व्यक्त गर्दै यस पर्वलाई सामाजिक सद्भाव र मेलमिलापको अवसरको रूपमा मनाउन आग्रह गरे । सहभागीहरूले एकआपसमा रंगहरू लगाएर होलीको उल्लासपूर्ण वातावरण सिर्जना गरेका थिए ।
कार्यक्रममा सम्सी गाउँपालिकाका अध्यक्ष राम नाथ यादव, प्रमुख प्रशासकीय अधिकृत मनोज शाह, वडा नम्बर ५ का अध्यक्ष कैलास यादव लगायत अन्य जनप्रतिनिधिहरू तथा कर्मचारीहरूको उपस्थिति रहेको थियो ।









