https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

गाैशाला, फाल्गुन २८ गते ।
लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) मटिहानी नगरपालिकाको नगर अधिवेशन आज सम्पन्न भएको छ। अधिवेशनले पुन: श्याम कुमार मण्डलको अध्यक्षतामा नयाँ नगर कार्यसमिति चयन गरेको छ।

नगर अधिवेशनको उद्घाटन लोसपाका महासचिव एवं मटिहानी नगरपालिकाका नगरप्रमुख हरि प्रसाद मण्डल र पार्टीका जिल्ला अध्यक्ष रामबाबु साहले संयुक्त रूपमा गरेका थिए। अधिवेशनमा स्थानीय तहका विभिन्न जनप्रतिनिधि तथा राजनीतिक दलका नेताहरूको समेत सहभागिता रहेको थियो।

कार्यक्रममा महोत्तरी उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष मोहन गुप्ता, नेकपा एमालेका जुगेश्वर खतबे, मटिहानी नगरपालिकाकी उपप्रमुख मञ्जुदेवी, पार्टीका बूथ कमिटी तथा वडा अध्यक्षहरू कलिम अंसारी, जित नारायण माझी, अरुण नाहर, कुशेश्वर यादव, पञ्चेश्वर यादव, मुसाफिर सहनी, अब्बास अन्सारी लगायतले पार्टी अधिवेशनको सफलताको कामना व्यक्त गरे।

अधिवेशनले पार्टी संगठनलाई अझै सुदृढ बनाउने, स्थानीय विकासका विषयमा ध्यान केन्द्रित गर्ने तथा आगामी निर्वाचनका लागि तयारी गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार