https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

पवन प्रसाद शाह
बिरगंज, फाल्गुन २८ गते ।
नेशनल मेडिकल कलेजमा होली मिलन कार्यक्रम उल्लासमय वातावरणमा सम्पन्न भएको छ। रंग र उमंगको चाड होलीलाई अवसरका रूपमा उपयोग गर्दै कलेजले विशेष कार्यक्रमको आयोजना गरेको हो।

कार्यक्रमको अध्यक्षता नेशनल मेडिकल कलेजका अस्पताल निर्देशक ईसरत जहाँ अन्सारीले गरेका थिए, भने प्रमुख अतिथि कलेजकी निर्देशक डा. रुबी श्रेष्ठ यासमिनले कार्यक्रमको औपचारिक उद्घाटन गरेकी थिइन्।

समारोहका वक्ताहरूले होली पर्वको महत्व उजागर गर्दै अस्पतालमा अहोरात्र सेवा प्रदान गरिरहेका स्वास्थ्यकर्मीहरूको भूमिकाबारे चर्चा गरे। प्रमुख अतिथि डा. यासमिनले सहकार्य र आपसी एकताको भावना प्रवर्द्धन गर्न यस्ता कार्यक्रम आवश्यक रहेको बताउँदै, संस्थागत सुदृढीकरणका लागि सबै पक्ष एकताबद्ध हुनुपर्नेमा जोड दिइन्।

अस्पताल निर्देशक अन्सारीले होली मिलन कार्यक्रमले कर्मचारीहरूबीच आपसी समन्वय र समझदारी बढाउने बताउँदै, आगामी दिनमा अस्पतालले अझ प्रभावकारी कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रममा विभिन्न रंगीन सांस्कृतिक प्रस्तुति समेत समावेश गरिएको थियो। सहभागीहरूले एकआपसमा रंगहरू लगाउँदै मेलमिलाप र सद्भावको सन्देश प्रवाह गरे।

समारोहको अन्त्यमा आयोजक टोलीले उपस्थित सम्पूर्ण कर्मचारीहरूलाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा पनि यस्ता कार्यक्रम आयोजना गर्ने प्रतिवद्धता जनाएको छ। कार्यक्रममा विभिन्न विभागका कर्मचारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार