
गाैशाला, फाल्गुन २९ गते ।
महोत्तरीमा बिहेको रथ पल्टिँदा १२ वर्षीय एक बालकको मृत्यु भएको छ । बुधवार राति महोत्तरीको रामगोपालपुर नगरपालिका–९ खोपिस्थित सडकमा बिहेमा प्रयोग गरिएको रथ अनियन्त्रित भएर पल्टिएको हो ।
एएस–०२–४७७५ नम्बरको उक्त रथमा सवार भारत, बिहार सितामढी सोनबरसा बस्ने रूदल रामका छोरा आदित्य रामको मृत्यु भएको प्रहरीले जनाएको छ।

स्थानीय प्रत्यक्षदर्शीका अनुसार बिहेको क्रममा जन्तीहरू रथमा सवार थिए। तर, अचानक रथ असन्तुलित भई सडकमा पल्टिँदा आदित्य राम गम्भीर घाइते भए। उनलाई तत्काल उपचारका लागि जानकी एकेडेमी पर्सा अस्पताल पुर्याइए पनि उपचारको क्रममा उनको मृत्यु भएको हो।
यस दुर्घटनामा रथमा सवार अन्य दुई जना घाइते भएका छन्, जसको सोही अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनापछि रथ चालक फरार भएका कारण प्रहरी खोजी कार्य भईरहेकाे प्रहरीले जनाएको छ ।




































