https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

गाैशाला, चैत २ गते ।
नेपाल आयल निगमले पेट्रोल र डिजेल/मट्टितेलको मूल्य घटाएको छ। इण्डियन आयल कर्पोरेशनबाट नयाँ खरिद मूल्य घटेर आएपछि निगम सञ्चालक समितिको निर्णयअनुसार चैत ३ गतेबाट लागू हुने गरी पेट्रोल प्रतिलिटर ५ रुपैयाँ र डिजेल/मट्टितेल प्रतिलिटर ४ रुपैयाँले मूल्य घटाइएको हो ।

नयाँ मूल्यअनुसार पेट्रोलको खुद्रा बिक्री मूल्य पहिलो वर्गका क्षेत्रमा प्रतिलिटर १६० रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा १६२ रुपैयाँ र तेस्रो वर्गमा १६३ रुपैयाँ कायम गरिएको छ । त्यस्तै, डिजेल/मट्टितेलको नयाँ मूल्य पहिलो वर्गका क्षेत्रमा १४८ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा १५० रुपैयाँ र तेस्रो वर्गमा १५१ रुपैयाँ तोकिएको छ ।

वर्गीकरण अनुसार मूल्य निर्धारण

पहिलो वर्ग: चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भैरहवा, नेपालगञ्ज, धनगढी र बिराटनगर

दोस्रो वर्ग: पोखरा

तेस्रो वर्ग: काठमाडौं, गोदाम र डिपोहरू

नयाँ मूल्य लागू भएसँगै उपभोक्ताहरूलाई केही राहत पुग्ने अपेक्षा गरिएको छ। नेपाल आयल निगमले अन्तर्राष्ट्रिय बजार मूल्यअनुसार समायोजन गर्दै आएको बताएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार