बिरगंज, चैत ५ गते ।
विश्व बैंकको लगानीमा सेजभित्र ‘बायोकम नेपाल’ उद्योग सञ्चालन
सेजभित्र प्लाष्टिकजन्य पदार्थको पुनं प्रयोग गरेरउद्योग सञ्चालनमा फालेका फोहर बाट काठ निमार्ण काममा प्रयोग काठको वातावरण पनि जोगिने र फोहरबाट मोहर पनि नदी र सडकहरुमा फालिएका प्लाष्टिकबाट वार्षिक करोडौको आम्दानी हुने
शारदा पोखरेल
सिमरा । बिशेष अािर्थक क्षेत्र प्राधिकरण ‘सिमरा सेज’मा ‘बायोकम नेपाल’ नामक उद्योग सञ्चालनमा आएको छ ।
विश्व बैंकको करिव २० करोड लगानीमा वातावरणमा रहेका कमसल स्तर (सुर्ती, चाउचाउ, चकलेटका खोल) का प्लाष्टिकलाई पुनं प्रयोग गरेर प्लाईउड निमार्ण गरिन्छ । यो प्लाईउडबाट काठका साम्रगीहरु जस्तै टेबल, कुर्ची, घर ढलानमा प्रयोग गर्न सकिन्छ । झट्ट हेर्दा काठ जस्तै देखिने प्लाष्टिकको प्लाईउड वातावरण मैत्री हुनुका साथै यसको प्रयोगबाट काठलाई प्रतिस्थापन समेत गर्न सकिन्छ ।

सडक, खोला नदी आसपास फालिएका चकलेट, चाउचाउ र बिस्कुटको खोललाई पुनं प्रयोग गरेर वार्षिक करोडौ रुपैयाँ आम्दानी गर्ने उद्देश्यले सेजभित्र बायोकम नेपाल नाम उद्योग सञ्चालनमा ल्याइएको उद्योग प्रशासनले जनाएको छ । तर यस्को उत्पादन साम्रगीको ब्रान्डको नाम भने ‘रिकेल्म नेपाल’ भनिएको छ ।

बिश्व बैंकको लगानी रहेको सो उद्योग सञ्चालनमा भने करिव आधा दर्जन गैह्रसरकारीहरुले समन्वय गरेर काम गरेका छन् ।
‘पिपुल इन निड’ नामक गैह्र सरकारी संस्थाकी कार्यक्रम प्रमुख आस्था प्रधानले उद्योग सञ्चालनका लागि अनौपचारिक क्षेत्रका कामदारह?लाई तालिम दिएर उनिहरु मार्फत प्लाष्टिकजन्य फोहरहरु संकलन गरिने बताएकी छिन् ।

उनले हालसम्म पुनं प्रयोगमा नआएको चकलेट, चाउचाउ लगायतका खाद्य साम्रगीमा प्रयोग भएका कमसल स्तरको प्लाष्टिकलाई गालेर प्लाईउड निमार्ण गर्न सकिने र त्यसलाई कुर्ची टेबल लगायतमा घरायसी प्रयोजनमा प्रयोग गर्न सकिने खालको निमार्ण स्रामगीहरु बनाउन सकिने बताएकी छिन् । यसरी जथाभावी फलिएका प्लाष्टिकजन्य फोहरलाई संकलन गरेर पुनं प्रयोगमा ल्याउदा नदीनाला, सडकहरु सफा हुने जनाइएको छ ।

उद्योग प्रशासनले आन्तरिक उत्पादनका लागि हाल २० जनालाई रोजगारी प्रदान गरेको छ भने ५ सय भन्दा धेरै अनौपचारिक क्षेत्रका कामदारहरु मार्फत प्लापिटक संकलन गरेको छ ।
उद्योगका ब्यवस्थापक राज महर्जनले खेर गईरहेको चाउचाउ, सुर्ती, चकलेटका खोलह?, जुसका बट्टाह?बाट प्लाईउड निमार्ण गर्ने यो पहिलो उद्योग भएका बताएका छन् ।

सेजभित्र उद्योग सञ्चालन गर्नुपूर्व उद्योग व्यवस्थापकले छिमेकी मुलुक भारतमा गएर यो विषयमा अध्ययन गरेको थियो ।
उद्योगले ८ एमएम देखि सबैभन्दा मोटो २२ एमएमसम्मको प्लाईउडलाई उत्पादन गरेको छ । ‘हामीले कवाडी व्यवसायी संघ,फोहर मैला व्यवसायी संघमा काम गर्ने कम्पनिहरु मार्फत प्लाटिकको संकलन गरेका छौ’ मर्हजनले भने ‘खेर गईरहेको प्लाष्टिक संकलन गरेर हामीलाई दिदा सम्वन्धित कम्पनि र व्यक्तीलाई आम्दानी पनि हुन्छ’ मर्हजनले सेजभित्र उद्योग सुरक्षित भएकोले एउटा प्लट (एक बिगाहा) जग्गा भाडामा लिएर उद्योग स्थापना गरेको बताएका छन् । उनले उत्पादन गरिएको साम्रगी तत्कालका लागि स्वदेशकै बजारमा ब्रिकी गरिने जनाईएको छ ।

यता बिशेष आर्थिक क्षेत्र सिमरा सेजका कार्यकारी निर्देशक छत्र बहादुर कटुवालले सिमरा सेजभित्र सञ्चालनमा रहेका उद्योगह?का लागि बैंक, बिमा, भन्सारको सुविधाको लागि सातादिन भित्र सूचना प्रकाशन गरिने जनाएका छन् । उनले यो विषयमा बोर्डमा निर्णय भईसकेको जनाएका छन् । सा. तराई सञ्चार रा. दैनिक

