https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

धर्वेन्द्र कुमार यादव ‘यदुवंशी’,
जलेश्वर, चैत ५ गते ।
महोत्तरीकाे मटिहानी नगरपालिका वडा नं ८ स्थित प्रिन्स राज कोचिङ्ग सेन्टर मटिहानीले यस वर्षको एसईई परीक्षामा सहभागी हुने परीक्षार्थीहरुलाई शुभकामना तथा बिदाई गरेको छ। कोचिङ्ग सेन्टरबाट यस वर्षको एसईई परीक्षामा ३२ जना विद्यार्थी सहभागी हुँदै छन् भने उक्त कोचिङ्गको यो दोश्रो ब्याच हो अर्थात उक्त कोचिङ्गले २ वर्षदेखि निरन्तर विद्यार्थीहरुलाई एसईई परीक्षामा सहभागी गराउदैं आएको छ।

प्रिन्स राज कोचिङ्ग सेन्टरका ब्यबस्थापक शिक्षक मनोज महतोको अध्यक्षतामा सम्पन्न उक्त बिदाई कार्यक्रममा बोल्दै विद्यालयका प्रिन्सिपल मो. इशराफिल राईनले बिदाई भएर गएका विद्यार्थीहरुको सफलताको कामना गर्दै यस कोचिङ्ग सेन्टरमा विद्यार्थीहरुको अध्ययन अध्यापनको लागि यस शैक्षिक शत्र देखि आवश्यक थप भौतिक संरचना, स्मार्ट कक्षा, ल्याब लगायतका प्राविधिक कुरा थप गर्दै यस वर्षबाट कक्षा १ देखि १० सम्मको कक्षा संचालन गरिने कुरा बताउनुभयो ।गत वर्ष ८०% भन्दा सफल नतिजा ल्याउन सफल यस कोचिंगमा अध्ययन गरेकी छात्रा जिन्नि खातूनले बागमती प्रदेश बाट CTEVT मा सिंगों मुस्लिम महिला कोटामा नाम निकाली सतप्रतिशत छात्र बृत्ति मा अहिले काठमाण्डूमा HA अध्ययनरत रहेको र यस वर्ष गत वर्षको तुलनामा राम्रो नतीजा आउने बिश्वाश प्रिंसिपल राइनले ब्यक्त गर्नुभयो ।

उनले निकट भविष्यमा मटिहानी नगरपालिका भित्रको उत्कृष्ट कोचिङ्ग सेन्टर बनाउने प्रतिवद्वता समेत व्यक्त गरेका थिए । बि. सं२०६९ सालमा स्थापना भई बिगतको १२ वर्ष देखि निरन्तर मटिहानीको शिक्षा स्तरमा योगदान दिदै आएको राइजिंग स्टार इंग्लिश बोर्डिंग स्कूलले मटिहानी वरषौ देखि चली आएको ट्यूशन ब्यबस्था जसले बिद्यार्थी र शिक्षको बीचमा उत्पन गर्दै आएको आपसी मतभेदलाई अन्त्य गर्ने उद्देश्यले बि. सं.२०८०-०२-०१ गते आफ्नो दोस्रो प्रतिष्ठानको रुपमा यस कोचिंग सेन्टरको स्थापना गरेको कुरा संथापक मनोज महतोले बताए ।

कार्यक्रममा कोचिङ्ग सेन्टरका संस्थापक सदस्य तथा शिक्षकहरु लगायतले सानैबाट आफुले पढाएको विद्यार्थीलाई विदाई गर्दा असहय पीडा भएको बताएका थिए । उनीहरुले उच्च शिक्षाको लागि तयार भएका विद्यार्थीहरुको उज्वल भविष्यको कामना गरेका थिए । कार्यक्रममा विद्यार्थीहरुको तर्फबाट कक्षा १० मा अध्यन गर्दै आएकी करीना खातुनले आफ्ना अनुभव सुनाएकी थिइन् ।कार्यक्रममा कक्षा ९ का विद्यार्थीहरुद्वारा संयुक्त रुपमा कक्षा १० का विद्यार्थीहरुलाई मायाको चिनो प्रदान गरी अविर तथा खादा ओढाएर विदाई गरेका थिए ।माध्यमिक शिक्षा परीक्षा एसईई आउँदो चैत ७ गतेदेखि शुरु हुदैं छ।

प्रतिक्रिया

सम्बन्धित समाचार