https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

जनकपुरधाम, चैत्र ६ गते ।
नेपाल मधेशी निजामती कर्मचारी मञ्चको चौथो महाधिवेशन आगामी चैत्र ७ देखि ९ गतेसम्म जनकपुरधाममा हुने भएको छ। महाधिवेशनको सम्पूर्ण तयारी पूरा भइसकेको महाधिवेशन मूल तयारी समितिका संयोजक लालबाबु यादवले जानकारी दिएका छन्।

महाधिवेशनको उद्घाटन समारोहमा जनता समाजवादी पार्टी (जसपा) नेपालका उपाध्यक्ष राजकिशोर यादव प्रमुख अतिथिका रूपमा उपस्थित हुनेछन्, भने नेपाल मधेशी निजामती कर्मचारी मञ्चका केन्द्रीय अध्यक्ष ताहिर हुसेनको अध्यक्षतामा कार्यक्रम सञ्चालन हुनेछ।

महाधिवेशनमा मधेशका निजामती कर्मचारीहरूको हक, अधिकार, सेवा–सुविधा तथा संस्थागत सुधारका विषयमा छलफल गरिने जनाइएको छ। साथै, संगठनलाई थप सशक्त बनाउने, आगामी कार्ययोजना तय गर्ने र नयाँ नेतृत्व चयन गर्ने महाधिवेशनका प्रमुख एजेन्डा हुनेछन्।

नेपालभरका मधेशी निजामती कर्मचारीहरूको प्रतिनिधित्व रहने उक्त महाधिवेशनले संस्थागत रूपमै कर्मचारीहरूको हकहित र अधिकारको प्रवद्र्धनमा महत्वपूर्ण योगदान दिने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार