https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

पवन प्रसाद साह
बिरगंज, चैत ७ गते ।
पर्साकाे बिरगंजमा राजसंस्थाको पुनःस्थापनाको माग गर्दै राजावादी समूहले प्रदर्शन गरेको छ । प्रदर्शनमा सहभागीहरूले लोकतन्त्र र गणतन्त्र खारेज गरी २०४७ सालको संविधान पुनःलागू गर्नुपर्ने माग गरेका छन् ।

पूर्व श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर विक्रम शाहदेवले फागुन ७ गते दिनुभएको सन्देशको स्वागत गर्दै नेपाल राष्ट्रवाद संघ, केन्द्रीय कार्यालय वीरगंज पर्साको आयोजनामा प्रदर्शन गरिएको हो। वीरगंजको घण्टाघर चोकबाट सुरु भएको र्‍याली माइथान, अलखिया मठ, घडिअर्वा पोखरी हुँदै पुनः घण्टाघरमा पुगेर कोणसभामा परिणत भएको थियो।

प्रदर्शनमा सहभागीहरूले “लोकतन्त्र खारेज गर, गणतन्त्र खारेज गर, नेता चोर देश छोड, राजा आउ देश बचाऊ, राजा जनता एक हौं, हाम्रो राजा हाम्रो देश प्राणभन्दा प्यारो छ” जस्ता नाराहरू लगाएका थिए।

कोणसभालाई सम्बोधन गर्दै नेपाल राष्ट्रवाद संघका केन्द्रीय अध्यक्ष जनकलाल शाहले देशलाई पार्टीका नेताहरूले असफल बनाएकाले अब राजा नै आवश्यक रहेको तर्क गर्नुभयो। साथै, कुनै पनि पार्टी वा संगठनले राजसंस्था पुनःस्थापनाका लागि सहकार्य गर्नुपर्ने उहाँको भनाइ थियो।

त्यस्तै, विश्व हिन्दू महासंघका पृथ्वी झाले नेतातन्त्रका कारण जनताले दुःख भोग्नुपरेको भन्दै राजसंस्था नै समाधान भएको बताए। नेपाल राष्ट्रवाद संघका उमाशंकर प्रसादले समेत नेपाललाई हिन्दू राष्ट्र र राजसंस्थाको मार्गमा फर्काउनुपर्ने धारणा राखे।

उक्त कार्यक्रममा विष्णु कुमार दास, हरि यादव, चुलाइ मियाँ चुरिहार, दिपेन्द्र रौनियार, सन्तोष गुप्ता, पवन प्रसाद साह, बिरेन्द्र साह तेली, बजरंगी साह, धुरेन्द्र पटेल, राधाकृष्ण चौहान, इदा मियाँ, हरेराम रौनियार, छठु साह कानु, अच्छेलाल साह लगायतका व्यक्तिहरूको उपस्थिति रहेको थियो।

प्रतिक्रिया

सम्बन्धित समाचार