https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

धर्मेन्द्र कुमार कुर्मी (चौधरी)

कृष्णनगर भन्सार कार्यालयले जाँचपास गरी छाडेको मालवाहक ट्रक कपिलवस्तु प्रहरीले पक्राउ गरेको छ । भन्सार तिरिएको परिमाणभन्दा बढी फलफूल बोकेर काठमाडौँ जाँदै गरेको युपी ३२ एन ००६९ नम्बरको ट्रकलाई विशेष सुराकीका आधारमा प्रहरीले नियन्त्रणमा लिएको हो ।

प्रहरीले जाँच गर्दा कृष्णनगर भन्सार कार्यालयले जारी गरेको प्रज्ञापनपत्रमा उल्लेखित परिमाणभन्दा ३ क्विन्टल बढी अंगुर फेला परेको थियो। प्रहरी प्रवक्ता डिएसपी मोहनमणि अधिकारीका अनुसार भन्सार बिन्दुबाटै राजस्व छली गरिएको सूचना पाएपछि छानबिन गर्दा २० कार्टुनमा करिब ३ क्विन्टल बढी अंगुर भेटिएको थियो। “हामीले थप अनुसन्धानका लागि ट्रकलाई राजस्व अनुसन्धान कार्यालय बुटवल पठाएका छौँ,” अधिकारीले भने।

भन्सार कर्मचारी र एजेन्टको मिलेमतो

कपिलवस्तु कृष्णनगर भन्सार कार्यालयका कर्मचारी र भन्सार एजेन्टकै मिलेमतोमा कम तौल देखाएर भन्सार गरिएको खुलासा भएको छ। भन्सार कार्यालयकै एक कनिष्ठ कर्मचारीका अनुसार, भन्सार अधिकृतहरू धातानन्द ज्ञवाली र लेखनाथ भट्टराईलाई प्रभावित बनाएर एजेन्ट निरन्जन श्रीवास्तवले कम परिमाणको भन्सार गराएका थिए।

भन्सार कार्यालयले चैत ७ गते जारी गरेको प्रज्ञापनपत्रमा ६०० कार्टुन अंगुरको मात्र भन्सार लिएको देखाइएको छ, तर ट्रकमा ६२० कार्टुन अंगुर रहेको स्रोतले बताएको छ। भारतको नासिकस्थित गणपति फ्रुट सप्लायर्सले काठमाडौँ बल्खुस्थित एमबी फ्रुट सेन्टरलाई पठाएको उक्त फलफूलमा ३ क्विन्टल अंगुरको राजस्व छली गरिएको छ।

कालो र सेतो अंगुर एउटै भनी देखाएर चलखेल

भन्सार कर्मचारी ज्ञवालीले कालो र सेतो अंगुरलाई एउटै वस्तु देखाएर भन्सार गर्न सिफारिश गरेको स्रोतले बताएको छ। तर वास्तविकतामा कालो अंगुर सेतोभन्दा दोब्बर महँगो हुने भएकाले यसमा पनि मिलेमतो भएको आशंका गरिएको छ। कृष्णनगर भन्सार कार्यालयमा रहेको तौल मेसिन (धर्मकाँटा) दुई वर्षदेखि बन्द गरेर भारतीय बिलकै आधारमा मालवाहक सवारी साधनलाई भन्सार प्रज्ञापनपत्र जारी गर्ने गरिएको छ।

यसअघि पनि राजस्व छलीका घटना

कृष्णनगर भन्सार बिन्दुमा राजस्व छलीका घटना नयाँ होइनन्। एक महिनाअघि मात्र भन्सार कार्यालयले जाँचपास गरेको सिद्रा माछाको दुई बक्सा सशस्त्र प्रहरीले पक्राउ गरी राजस्व कार्यालय पठाएको थियो ।

हाल कृष्णनगर भन्सार कार्यालयबाट दैनिक १५० भन्दा बढी मालवाहक ट्रक नेपाल भित्रने गर्छन्। तर, भन्सार कर्मचारी र एजेन्टको मिलेमतोका कारण राजस्व छली व्यापक रूपमा भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार