https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

चमेली कुमारी
गाैशाला, चैत ८ गते ।
पूर्व राज्यमन्त्री तथा प्रदेश सांसद सरोज सिंह कुशवाहाद्वारा महोत्तरीको सम्सी गाउँपालिका वडा नं. ५ स्थित पोखरभिण्डामा नवनिर्मित सलहेस मन्दिरको अधुरो कामको विधिपूर्वक शुभारंभ भएको छ । शुक्रबार एक समारोहबीच सम्सी गाउँपालिका वडा नं. ५ स्थित पोखरभिण्डामा नवनिर्मित सलहेस मन्दिरको अधुरो कामको सांसद कुशवाहाद्वारा विधिवत रुपमा पुजापाठ गरि शुभारंभ गरिएको हाे ।

सलहेस मन्दिरको सांस्कृतिक र धार्मिक महत्त्वबारे प्रकाश पार्दै, यसले स्थानीय पर्यटन प्रवर्द्धनमा टेवा पुर्‍याउने प्रमुख अतिथि कुशवाहाले विश्वास व्यक्त गरे । साथै, धार्मिक आस्थाका प्रतीक सलहेसको स्मरण गर्दै समुदायको सामाजिक एकता र सांस्कृतिक पहिचानलाई बलियो बनाउने उहाँले बताए ।

स्थानीय बासिन्दाहरूले मन्दिर उद्घाटनलाई ऐतिहासिक उपलब्धिको रूपमा लिँदै, यसले क्षेत्रको धार्मिक तथा पर्यटकीय विकासमा योगदान दिने आशा व्यक्त गरेका छन् ।

उक्त कार्यक्रममा प्रमुख अतिथि कुशवाहाका साथै विशिष्ट अतिथि वडा अध्यक्ष कैलाश यादव, रामगोपालपुर नगर कमिटी सह-संयोजक विजय यादव, साथै उमेश यादव, मुकेश पासमान लगायत अन्य नेता, नागरिक समाजका प्रतिनिधि र स्थानीय युवाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार