अजय मिश्रा
कृष्णनगर, चैत ८ गते ।
कपिलवस्तु जिल्लाको कृष्णनगरमा सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्मबाट खटिएको टोलीले आज विभिन्न स्थानबाट करिब ७५,००० रुपैयाँ बराबरको अवैध सामान बरामद गरेको छ।
सीमा सुरक्षा गुल्म टोलीद्वारा चेकजाँच
सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म कृष्णनगर ब्यारियर चेकपोस्टमा सशस्त्र प्रहरी हवल्दार गोविन्द्र के.सी. को कमाण्डमा खटिएको टोलीले चेकजाँच गर्ने क्रममा भारतबाट भन्सार छलि ल्याउँदै गरेको करिब ५०,००० रुपैयाँ बराबरको सुर्ती, खाने तेल, चिनी, पान मसला लगायतका सामान बरामद गरेको छ।
मोबाइल टोलीद्वारा थप बरामद
त्यस्तै, सशस्त्र प्रहरी सहायक निरीक्षक हेमराज खत्री नेतृत्वको मोबाइल टोलीले कृष्णनगर नगरपालिका बहादुरगंज क्षेत्रमा छड्के चेकजाँच गर्दा ३५,००० रुपैयाँ बराबरका हार्डवेयरका सामान (जस्तै धारको टुटी, ढोकाको ह्याण्डिल, पेन्ट लगायत) बरामद गरेको छ।
सामान भन्सार कार्यालय पठाइयो
बरामद गरिएका खाद्यान्न र हार्डवेयरका सामग्रीहरू आवश्यक कानूनी प्रक्रिया पूरा गर्नका लागि भन्सार कार्यालय, कृष्णनगर पठाइएको सशस्त्र प्रहरी नायब उपरीक्षक अरुण सिंह ले जानकारी दिएका छन्।

