https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

पवन प्रसाद साह
बिरगंज, चैत ९ गते ।
पर्सा जिल्लाको पोखरिया नगरपालिका–४ स्थित पोखरिया बजार बस विसौनी चौक मा राष्ट्रवादी सन्ती समूह द्वारा आयोजित कोण सभा तथा रैली सम्पन्न भएको छ।

उक्त कोण सभा राष्ट्रवादी सन्ती समूह पर्सा जिल्ला सदस्य सम्भु ठाकुरको नेतृत्वमा आयोजना गरिएको थियो। कोण सभापछि निकालिएको रैलीमा “राजा आउ, देश बचाऊ”, “राजा कसको? जनताको!”, “जनता कसको? राजाको!”, “२०७२ को संविधान खारेज गर!”, “२०४७ को संविधान लागू गर!” जस्ता नारा घन्किएको थियो। रैली पोखरिया बजार परिक्रमा गरी पुनः बस विसौनी चौकमै पुगेर समापन गरिएको थियो।

कोण सभामा विभिन्न नेताहरूको मन्तव्य

कोण सभामा प्रमुख अतिथि केन्द्रिय सदस्य सतार मियाँ सहित अन्य नेताहरूले आफ्नो मन्तव्य व्यक्त गरेका थिए। कार्यक्रममा पशुपति सम्शेर साह, श्रीमती उषा साह, धनिलाल प्रसाद यादव, राजबली प्रसाद यादव, सहबजान अन्सारी, महेन्द्र भगत साह कानु, नन्दलाल साह लगायतका व्यक्तिहरूको उपस्थिति रहेको थियो।

नेताहरूले वर्तमान राजनीतिक अवस्थाबारे आ-आफ्ना धारणा राख्दै राजसंस्थाको पुनर्बहाली र २०४७ को संविधान पुनः लागू गर्नुपर्ने माग गरे। उनीहरूले २०७२ को संविधानलाई खारेज गर्नुपर्ने जिकिर गर्दै राजसंस्थाले मात्र देशलाई स्थायित्व र समृद्धि दिन सक्ने धारणा व्यक्त गरेका थिए।

कार्यक्रममा सहभागी जनसमुदायले राष्ट्रियता, धार्मिक सद्भाव, र राजनीतिक स्थिरताबारे छलफल गर्दै राष्ट्रवादी सन्ती समूहको उद्देश्य र भावनासँग ऐक्यबद्धता जनाएका थिए।

पोखरिया बजारमा आयोजित यस कोण सभा तथा रैलीले राजसंस्थाको पुनर्बहालीको पक्षमा जनमत बढिरहेको संकेत दिएको छ। सहभागीहरूले वर्तमान प्रणालीप्रति असन्तुष्टि जनाउँदै राजनीतिक स्थायित्वका लागि राजसंस्था अपरिहार्य भएको धारणा राखेका थिए।

प्रतिक्रिया

सम्बन्धित समाचार