https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

महाेत्तरी, चैत १० गते ।

जनता समाजवादी पार्टी (जसपा) नेपालको महोत्तरी क्षेत्र नं. ४ को क्षेत्रीय बैठक सम्पन्न भएको छ। आईतबार रामगोपालपुर नगरपालिका–९ स्थित जानकी एकेडेमीक हस्पिटल, पर्सा देवाडको सभाहलमा सम्पन्न बैठकमा संगठन सुदृढीकरण तथा आगामी पालिका र वडा अधिवेशनबारे निर्णय गरिएको छ।

पालिका र वडा अधिवेशन

क्षेत्रीय अध्यक्ष राज कुमार यादवका अनुसार बैठकले नगर तथा पालिका अधिवेशन २१ गतेभित्र र वडा अधिवेशन १४ गतेभित्र सम्पन्न गर्ने निर्णय गरेको छ। यसअनुसार विभिन्न पालिकामा निम्नानुसार अधिवेशन हुने तय भएको छः

  • मनरा शिस्वा नगरपालिका र सम्सी गाउँपालिका – चैत १५ गते दिउँसो १ बजे
  • सोनमा गाउँपालिका – चैत १६ गते दिउँसो १ बजे
  • औरही नगरपालिका र रामगोपालपुर नगरपालिका – चैत १९ गते दिउँसो १ बजे

बैठकमा उल्लेखनीय उपस्थिति

बैठकमा क्षेत्रीय अध्यक्ष राज कुमार यादवको अध्यक्षता रहेको थियो भने जसपाका केन्द्रीय कार्यकारिणी सदस्य डा. सुरेन्द्र यादव प्रमुख अतिथि थिए। अन्य सहभागीहरूमध्ये केन्द्रीय सदस्य सरोज सिंह कुशवाहा, दिपक झा, प्रदेश कार्यसमिति सदस्य नरेश यादव, जिल्ला कार्यकारिणी सदस्य रबिन्द्र महतो, खेलकुद विभागका रोशन सिंह राणा, जिल्ला सचिव महेश कुमार यादव, क्षेत्र नं. ४ (क) अध्यक्ष अशोक कुमार यादव, मनरा शिस्वा नगरपालिका नगर संयोजक महेन्द्र यादव, रामगोपालपुर नगरपालिका नगर संयोजक सुरेश कुमार यादव, नगर सह-संयोजक विजय कुमार यादव लगायतका नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो।

बैठकमा पार्टी संगठन विस्तार, आसन्न अधिवेशन तयारी र पार्टी नीति तथा रणनीतिबारे छलफल गरिएको बताइएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार