https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

पवन प्रसाद शाह

बिरगंज, चैत १० गते ।

पर्साको पोखरिया स्थित मालपोत कार्यालयले आजदेखि भु–सेवा सन्चालन गर्दै ११ जना कानुन व्यवसायीलाई अनुमति तथा प्रमाण पत्र वितरण गरेको छ।

मालपोत कार्यालय पोखरियाले आयोजना गरेको कार्यक्रम सोही कार्यालयको प्रांगणमा सम्पन्न भएको थियो। मालपोत कार्यालयले भु–सेवा सञ्चालनसम्बन्धी कानुन व्यवसायीलाई अनुमति प्रदान गर्नका लागि फागुन २३ गते सूचना प्रकाशन गरेको थियो। सूचना अनुसार तोकिएको समयसीमा चैत ८ गते पूरा भएपछि छनोट भएका ११ जना कानुन व्यवसायीलाई अनुमति तथा प्रमाण पत्र वितरण गरिएको सूचना अधिकारी रामरेखा प्रसाद चौरसियाले जानकारी दिए।

पहिलो दिनमै ८ जना सेवाग्राहीले सेवा लिए

भु–सेवा सन्चालनको पहिलो दिनमै ८ जना सेवाग्राहीले सो सेवाबाट लाभ लिएको सूचना अधिकारी चौरसियाले जानकारी गराए। यसबाट स्थानीय नागरिकहरूलाई जमिन सम्बन्धी सेवा सहज हुने अपेक्षा गरिएको छ।

अनुमति तथा प्रमाण पत्र प्राप्त गर्ने कानुन व्यवसायीहरू

अनुमति पत्र तथा प्रमाण पत्र लिने कानुन व्यवसायीहरूमा निम्न व्यक्ति रहेका छन्:

  1. आर.बी. साह
  2. बलिराम साह
  3. सुरेन्द्र साह कानु
  4. जन्मन्जय महतो
  5. रामानन्द यादव
  6. रुकेश गोढ
  7. विराज गिरी
  8. राजेश कानु
  9. कमलेश पटेल
  10. जगदिश राउत
  11. मनिष साह

कार्यक्रममा उल्लेखनीय उपस्थिति

कार्यक्रम मालपोत कार्यालय पोखरियाका प्रमुख रामजी प्रसाद साहको अध्यक्षतामा सम्पन्न भएको थियो। प्रमुख अतिथिका रूपमा पोखरिया नगरपालिकाकी उपप्रमुख रुबी कुमारी ठाकुर उपस्थित थिइन्। साथै, अन्य विशिष्ट अतिथिहरूमा वडा अध्यक्ष नौसाद आलम, नेकपा (एमाले) पोखरिया नगर कमिटी अध्यक्ष विन्ध्याचल ठाकुर, शिक्षक पारस ठाकुर, समाजसेवी मनोज कुर्मी लगायतका व्यक्तित्व तथा नगर प्रहरी, सञ्चारकर्मी र कार्यालयका कर्मचारीहरूको सहभागिता रहेको थियो।

भू–सेवा प्रविधिबाट नागरिकलाई सहज सेवा

भु–सेवा प्रविधिको प्रयोगले नागरिकहरूलाई मालपोत सम्बन्धी सेवा सरल, छिटो र पारदर्शी बनाउने अपेक्षा गरिएको छ। मालपोत कार्यालय पोखरियाले डिजिटल प्रणालीमार्फत सेवा प्रवाह गर्ने प्रतिबद्धता जनाउँदै यस अभियानलाई अझ प्रभावकारी बनाउनका लागि निरन्तर सुधार गर्दै जाने बताएको छ।

मालपोत कार्यालय पोखरियाले कानुन व्यवसायीलाई अनुमति प्रदान गरेसँगै भु–सेवा सञ्चालनलाई व्यवस्थित गर्ने दिशामा ठूलो कदम चालेको छ। पहिलो दिनमै सेवाग्राहीहरूले सेवा लिइसकेको हुँदा आगामी दिनमा यस प्रविधिबाट अझ धेरै नागरिक लाभान्वित हुने विश्वास गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार